खेलकुद बिकास समितिका पदाधिकारीहरुलाई सम्मान

खेलकुद बिकास समितिका पदाधिकारीहरुलाई सम्मान

११ फागुन, दैलेख । नेपाली काँग्रेस भैरवी गाउँपालिकाले नवनियुुक्त गाउँपालिका स्तरिय खेलकुद बिकास समितिका पदाधिकारीहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।  विनोद शाहीको अध्यक्षतामा गठित १३ सदस्यीय खेलकुद विकास समितिलाई नेपाली काँग्रेसको पार्टी कार्यालय डाँडीमाँडीमा सम्मान गरेको हो ।

समाजको बिकास र समृद्धिको पहिलो आधार नै खेल जगत भएकाले खेलकुदको बिकासमा सबै सम्बद्ध निकाएको सहयोग रहनुपर्ने बताउदै आफू पनि यस का लागी निरन्तर लागि पर्ने प्रमुख अतिथी जिल्ला खेल्कुद बिकास समिती दैलेख का अध्यक्ष दिपक सिजापती बताउनु भयो ।

यस्तै, कार्यक्रममा बोल्दै बिशेष अतिथी नेपाली काँग्रेस जिल्ला कार्यसमिती दैलेख का सदस्य एवम् नेपाल विद्यार्थी संघ दैलेख का अध्यक्ष युवा नेता धिरेन्द्र सापकोटा ले खेल जगतको विकासकालागी आफू र आफ्नो पार्टी को तर्फबाट जस्तो सुकै सहयोग गर्न पनि पछि नपर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । कार्यक्रममा नेपाली कांग्रेस दैलेखका पुर्ब सदस्य राज बहादुर शाही (दिपेन्द्र)भैरबी गाउँपालिका ५ का वडा अध्यक्ष हेमलाल ढुंगाना लगाएत ले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम नेपाली काँग्रेस भैरबी गाउपालिका का संयोजक सुर्य बहादुर शाहिको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया