नगरभित्रका विद्यालय गाभ्ने अभियान थालिने

नगरभित्रका विद्यालय गाभ्ने अभियान थालिने

 

दैलेख- नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले नारायण नगरपालिका भित्र रहेका धेरै विद्यालयहरु गाभ्ने अभियान सुरु हुने बताएका छन् । आफन्तहरुलाई जागिर खुवाउनका लागि धमाधम विद्यालयहरु खोलिएका विद्यालयहरुमा अहिले विद्यार्थी संख्या न्यून देखिन थालेपछि भार खेप्न गाह्रो भएकोले अव सबै अभिभावकहरुले आफ्नो स्थानभन्दा नजिकका विद्यालयहरुमा विद्यालय मर्ज गरेर शैक्षिक गुणस्तरमा सुधार ल्याउने अभियान थाल्न सुझाव समेत दिएका छन् ।
सरकारले शैक्षिक क्षेत्र सुधारका लागि बिभिन्न नीति लागु गरेपछि शिक्षक दरवन्दी धेरै र विद्यार्थी कम भएका विद्यालयहरु अहिले समस्यामा परेको खड्काले बताए । तामाखानी आधारभूत विद्यालयको अभिभावक भेलामा बोल्दै खड्काले नगर शिक्षा समितिले नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि स्पष्ट नीति लागु गरेर कामको थालनी गर्ने बताएका हुन् । कमम भएका वित्यस्ता विद्यालयहरु अहिले समस्यामा परेका छन् । विद्यालयमा पढ्ने विद्यार्थीहरुको दर शिक्षक दरवन्दी भन्दा निकै कम देखिएको छ । नीतिअनुसार एउटा शिक्षक दरवन्दी भएको विद्यालयमा अव नगर शिक्षाले नीतिगत रुपमा नगरपालिकामा देखिएको शिक्षा क्षेत्रको समस्या मसाधानका लागि पहल थाल्छ खड्काले भने, तत्कालिन समयमा बजार हाइस्कुलमा जिल्लाभरका सवै नागरिकहरु आएर शिक्षा लिन्थे तर अहिले घर निजक विद्यालय पनि चाहियो भन्दै रहने अनि आफ्ना बालबालिकाहरु निजी विद्यालयमा पठाउने अभिभावकहरुको ठूलो कमजोरीका कारण पनि सरकारी विद्यालय समस्यामा परेको खड्काको निश्कर्ष छ । भेलाको वि.व्य.स.अध्यक्ष टिका देवी जैसीले गरेकी थिइन् ।

प्रतिक्रिया