आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, काे-काे हुँदैछन मन्त्री ?

          |   प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४     ::: 184 पटक पढिएको   |  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन । प्रधानमन्त्रीमा नियुक्त भएको १० दिनपछि आज ओलीले दोस्रो चरणको सरकार विस्तारको तयारी गरेका हुन ।ओली आफू प्रधानमन्त्री भएकै दिन एमालेबाट लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा लागे पनि दुवै पार्टीले अहिलेसम्म मन्त्री छनोट गर्न सकेका छैनन् । मन्त्रीका आकांक्षी धेरै देखिएपछि दुवै पार्टीले संयुक्त बैठक बोलाएका छन् । मन्त्रीहरुको टुंगो लगाएपछि आजै दिउँसो ३ बजे शपथ गराइने एमालेका एक नेताले बताए ।



Leave a comment

Your email address will not be published.


*