सहकारीले सञ्चालनमा ल्यायाे आईएमई सेवा

सहकारीले सञ्चालनमा ल्यायाे आईएमई सेवा

 दैलेख । दैलेख सदरमुकामस्थित पुरानो बजारमा एक सहकारीले सेवाग्राहीको सहजताका लागि आईएमई सेवा सुरु गरेको छ । पुरानो बजारमा आईएमई सेवा नहुँदा सेवा लिन टाढा जानुपर्ने भएकाले पुरानो बजारस्थित सरस्वती बचत तथा ऋण सहकारी संस्थाले आईएमई सञ्चालनमा ल्याएको हो ।

सेवामा आईएमई, प्रभु मनीट्रन्सफर, हिमाल रेमिन्टान्सबाट सेवा दिईएको सहकारीका अध्यक्ष डिलबहादुर श्रेष्ठले बताए । उनले गाउँबाट आउने सेवाग्राहीहरुले बजार डुल्नु नपर्ने गरि पुरानो बजारमै सेवा दिईएको बताए । उनले पुरानो बजार ब्यापारिक केन्द्र हुने क्रम भएकाले सेवा प्रभावकारी हुने समेत बताए ।

‘हामीले बजारको अध्यायन गरेर सेवा दिन आईएमई सेवा सुरु गरेका हौ ।’ अध्यक्ष श्रेष्ठले भने, ‘सेवाग्राहीहरु बजार डुल्नु पर्दैन् । सवै सेवा यहीबाट दिनेछौं ।’ यहाँ आईएमई खुलेपछि सेवाग्राही निकै सुखी भएको सहकारीले जनाएको छ । सजावटदेखी कर्मचारीहरु सेवाग्राहीमा तत्कवर भएर काम गर्ने भएकाले छिटो छरिदो रेमिटान्सको भुक्तानी हुने गरेको सहकारीले जनाएको छ ।

प्रतिक्रिया