दैलेखमा कृषि उद्यम संभावना – पूर्वमन्त्री यमी

दैलेखमा कृषि उद्यम संभावना – पूर्वमन्त्री यमी

दैलेख, फागुन १४ – नयाँ शक्ति पार्टीकी नेतृ पूर्वमन्त्री हिसिला यमीले दैलेखको कृषि उद्यम जिल्लाको समृद्धिको आधार बन्न सक्ने बताएकी छिन् । दैलेख उद्योग बाणिज्य संघले आज दैलेखमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले यहाँको हावापानी र बजारको सहजताले कृषिमा आधारित उद्योगको धेरै राम्रो संभावना रहेको बिश्लेषण सुनाइन् ।
पूर्वमन्त्री यमीले कर्णाली प्रदेशको राजधानीसंग जोडिएको भूबनौटले विकासका पूर्वाधार निर्माण गर्न सहज भएको बताइन् । दैलेखको श्रीस्थान र नाभीस्थानमा बलिरहेको ज्वालालाई प्रयाप्त पेट्रोलियम पदार्थको उत्खनन् नहुँदासम्म धार्मिक पर्यटनकै विकास गर्न सुझाव दिइन् ।
स्वागत कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले आर्किटेक्चर इञ्जिनियर समेत पूर्वमन्त्री हिसिला यमीको दैलेख भ्रमणले जिल्लाको विकासमा थप श्रोत जुटाउन र विकास अवधारणा बारे रचनात्मक सुझाव प्रदान गर्नुभएकोमा धन्यवाद दिए ।
त्यसबखत दैलेख उद्योग बाणिज्य संघका पूर्वअध्यक्षद्वय यामबहादुर मल्ल, गणेश श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष कविराज खत्री, महासचिव राजेश हमाल, सदस्यहरु राधा ज्ञवाली, पूर्ण पाण्डे लगायत उद्योगी व्यापारीसंग पनि पूर्वमन्त्री यमीले खुला छलफल गरेकी थिइन् ।

प्रतिक्रिया