जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा

जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा



दैलेख फागुन १५ – जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि क्षेत्रमा परेको दैलेखमा आयोजित एक कार्यक्रममा बताइएको छ । कृषि क्षेत्रको जलवायु परिवर्तनजन्य संकटापन तथा जोखिमको मूल्यांकन तथा अनुकुलन संवेदनशिल योजना तथा बजेटका लागि संस्थागत क्षमता विकास सम्बन्धि अध्ययनका लागि जिल्ला स्तरिय कार्यशाला गोष्ठिमा यस्तो बताइएको हो । कार्यक्रमका सहभागिले जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावलाई अनुकूलन गर्नका लागि स्थानीय तहलाई जलवायु अनुकूलीत योजना छनोट गर्न सुझाव दिएको छन् । दैलेखमा जलवायु परिर्वतन र बिपद् ब्यबस्थापनमा जोखिम रहेको भन्दै योजना छनोट गर्दा जलवायु अनुकूलीत हुने खालका योजनाहरु छनौट गर्न सरकोरवाला निकायले सुभाव दिएका छन । जलवायु परिवर्तनको असर बारे जिल्लामा गरिएको तथ्याकले सबै भन्दा बढि प्रभाव कृषिमा परेको भन्दै जिल्लाका जनप्रतिनिधिलाई त्यस तर्फ ध्यान दिनु पर्ने सुझाव दिएका छन् ।
एडप्ट नेपालको सहयोग र पुन निर्माण तथा अनुसन्धान विकास केन्द्र मुगुले गरेको सर्वेक्षणमा दैलेखको नारायण नगरपालिका, दुल्लु नगरपालिका र चामाुण्डाबिन्द्रासैनी नगरपालिकामा बढि प्रभाव परेको तथ्यांकले जनाएको छ । जलवायु परिवर्तनकै कारण दैलेखमा ८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको भन्दै अव जनप्रतिनिधिले कृषि तथा अन्य योजना गर्दा स्थानीय स्तरमा जलवायु अनुकूलित हुने खालका योजना छनोट गर्न सुझाव दिएको हो । सुख्खा ठाउँमा खडेरी सहन गर्ने बाली लगाउने तथा कृषि अध्ययन अनुसन्धान जलवायु परिवर्तनलाई ध्यानमा राखेर कृषि वन प्रणालीमा जोड दिने खालका कार्यक्रम संचालन गर्नु पर्ने बताइएको छ ।
जलवायु परिवर्तन संगै विपदको जोखीममा भगवतीमाई गाउँपालिका, गुराँस गाउँपालिका र दुल्लू नगरपालिका रहेको भन्दै उक्त स्थानमा सजकताका साथ काम गर्न जनप्रतिनिधिलाई आग्रह गरिएको हो । नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको प्रभावलाई अनुकूलित गर्नका लागि त्यस्ता कार्यक्रम संचालन गर्ने बताए । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले जिल्लाका ११ वटै स्थानीय तहहरुले कार्यक्रम निर्माण गर्दा जलवायु परिवर्तन अनुकुलन अनुसारको बजेट विनियोजन र कार्यक्रम निर्माण गर्न हिल थाल्ने बताए । जिल्लामा जलवायु अनुकूलनका बारेमा पहाडी साना किसानका लागि अनुकूलन आयोजनाले स्थानीय तहमा लापा निर्माण गरि बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
खुल्लापन, बढी जनसंख्या र खोलाको कटान क्षेत्र बढी भएका आधारमा दैलेखको नारायण, चामुण्डा र दुल्लु नगरपालिका उच्च जोखिममा रहेको जलवायु परिवर्तन अनुकलुनको क्षेत्रमा काम गर्दै आएका योजना विद् ज्ञानेन्द्र कार्कीले बताए । उनका अनुसार विपद्का आधारमा भगवतीमाई, गुरासगाउँपालिका र दुल्लु नगरपालिका जोखिममा छ । यस्तै जलवायुजन्य विपद्का आधारमा आठवीस, दुल्लु र नारायण नगरपालिका संवेदनशिल क्षेत्रमा रहेको छ भने अनुकुलन क्षमताका आधारमा दुल्लु र नारायण नगरपालिका जोखिममा रहेको अध्ययन टोलीले गरेको संवेक्षणमा देखाइएको छ ।

प्रतिक्रिया