स्थानीय जनप्रतिनिधीको तदारुकतामा टावर सञ्चालन

स्थानीय जनप्रतिनिधीको तदारुकतामा टावर सञ्चालन

सल्लान फागुन १५
सल्यान पश्चिम क्षेत्रको साविक मुलखोला गाविस वडा ८ राउँचेको लाटुगैरेमा निमार्णधिन नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । २ वर्ष अघि काम थालिएको टावर निमार्णको काम सुरु गरेता पनि स्थमनीय चुनाव,प्रदेश र केन्द्रको चुनावका कारण समयमा काम नसकिएको नेपाल टेलिकमले जनाउदै आएको थियो । उक्त क्षेत्रको बन्गाड कुपिण्डेको वडा १,४,५ ,६ र सिद्धकुमाख गाउँपालीकाको केहि भागमा नेपाल दुर सञ्चारको नमस्तेको टावर सञ्चालनमा आए पछि स्थानीयलाई सुविधा भएको छ । टावरको काम जति सक्यो छिटो सम्पन्न गरि सेवा सुचारु गर्नको लागि बन्गाड कुपिण्डे नगरका मेयर गोविन्द कुमार पुन र वडा ५ का अध्यक्ष कमल वि.क.ले पटक पटक नेपाल टेलिकमलाई समस्याको बारेमा जानकारी गराउँदै आएका थिए । मेयर पुनले नेपाल टेलिकमको क्षेत्रिय कार्यालय सुर्खेत र नेपालगञ्जको दुर सञ्चारको कार्यालयमै गएर उक्त क्षेत्रको फोन समस्याको बारेमा अवगत गराएका थिए । टावर सञ्चालनको लागि काममा तदारुकता देखाउन समेत अनुरोध गरिएको जनाएको छ । लामो समय पछि नेपाल टेलिकमले टावरको काम सम्पन्न गररे आफ्नो वडामा नमस्ने नेपालको भरपर्दो सेवा सुचारु भए स्थानीयसँगै आफु खुसी भएको वडा अध्यक्ष कमल वि.कले वताए । साथै नमस्तेको मोवाई सिम वोकेका ग्राहकहरु समेत नमस्ते फोनले काम गर्न थाले पछि खुसी भएका छन् । साथै टावर जडानमा उपकरण नभेटिए पछि समयमा काम सम्पन्न गर्न ढिलाई भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय सुर्खेतले जनाएको छ । यता बन्गाड कुपिण्डेको सल्लीवजारमा नेपाल टेलिकमको नमस्ते सेवा नहुदाँ स्थानीय वासि मर्कामा परेका छन् । सल्लीवजारमा एडि एस एलको नेट सेवामा खरावी भएको १ महिना वित्यो तर सेवा सुचारु गर्नको लागि नेपाल टेलिकम सुर्खेतलाई पटक पटक जानकारी गराउँदा समेत वास्ता नदेखाएको स्थानीयको दुखेसो छ । नेटले भरपर्देा काम नगर्दा बैंक तथा वितीय संघ सस्था र स्थानीय व्यापारि मर्कामा परेका छन् ।

प्रतिक्रिया