ट्र्याक्टर दुर्घटनामा परी सुर्खेतमा ३ जनाको मृत्यु


सुर्खेत, १५ फागुन- सुर्खेतको मालारानी कोटखोलानजिक ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परीे दुईजना घाइते भएका छन् ।
मालारानी खरीगैरा बजारबाट फलाम बोकोर सहारे जाँदै गरेको भे१ख ६१६८ नम्वर ट्र्याक्टर कोटखोलानजिक पल्टिँदा चालकसहित ३ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अन्य २ जना घाइते छन् ।
मृत्यु हुनेहरुमा गुर्भाकोट–८ मेहेलकुना खटांगका फत्तबहादुर विक, शशिराम विक र नारायण खत्री रहेको जिल्ला प्रहरी सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
घाइते दुवै जनाको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । कोटखोलाको ओरालोमा गति नियन्त्रण गर्न नसक्दा ट्र्याक्टर दुर्घटना भएको श्रेष्ठले बताए ।
प्रतिक्रिया