त्रि.ज.मावि च्युराको वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न

त्रि.ज.मावि च्युराको वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न

बन्गाड कुपिण्डे नगरपालीका वडा ५ मा रहेको श्री त्रिभुवन जनता माद्यमिक विद्यालय शंखपिपल च्युरा सल्यानको शैक्षिक सत्र २०७४ को वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले प्रत्येक वर्ष झै यो वर्ष पनि विद्यालयमा अध्ययानरत विद्यार्थीको प्रतिभाको मुल्यांकन गर्दै यस्ता कार्याक्रमको आयोजना सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद जैसीले वताए ।

छात्रा छात्र तर्फ भलिवल,हिसाव दौड,हाईजम्प,लङ्गजम्प,सटफुट,कुर्सि दौड प्रतियोगिताको आयोजना गरेको थियो । भलिवल तर्फ कक्षा ११ र १२ को टिम प्रथम र दोस्रो भएका छन् । त्यसै गरि हिसाव दौडमा प्रथम स्थान रमेश वि.क,कर्सि दौडमा उर्मिला सुनार ,हाईजम्प तर्फ कमाला विष्ट,हाइजम्प तर्फ प्रथम हुने छात्र चित्र वहादुर वि.क., लङ्गजम्प तर्फ प्रथम सिमा राना,सटफुटमा छात्रा तर्फबाट भावना राना,छात्र तर्फमा प्रथम मुस्कान के.सी. लङ्गजम्प छात्र तर्फ समिर वि.क र भलिवल वेष्ट पिलेरमा समिर वि.क र उर्मिला सुनार रहेको विद्यालयले वताएको छ ।

त्यसै गरि विद्यालयले गत वर्षको शैक्षिक सत्रमा कक्षा १ देखि १२ सम्म विद्यालयमा अध्यानरत प्रथम,दोस्रो र तेस्रो र विद्यालय टपरलाई समेत पुरिस्कृत गरेको छ । साथै डम्बर विष्ट स्मृति छात्रवृति कोष एसईई परिक्षामा ए ग्रेड ल्याउन सफल जेहेन्दार विद्यार्थी सुदिप रावतलाई प्रदान गरेको छ । वार्षिकि खेलकुद प्रतियोगितामा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिलाल विष्टले खेलको उद्घाटन गरेका थिए भने प्रमुख अतिथी बन्गाड कुपिण्डे नगरपालीकाका श्रोत व्यक्ती चक्र रावतले प्रमाण पत्र र नगद रुपैया पुरस्कार वितरण गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया