‘गर्दैनौ बाल विवाह,बार्दैनौ छाउपडि’

‘गर्दैनौ बाल विवाह,बार्दैनौ छाउपडि’

 

क्याप्सन –  बाल विवाह र छाउपडि बारे जानकारी गराउदै प्रजिअ विश्वराज न्यौपाने ।

दैलेख फागुन १६- दैलेख सदरमुकामको विचमा रहेका त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ११ र १२ अध्ययनरत किशोर किशोरीहरु बुधवार होलीको तयारीमा देखिन्थे । विहानीको कक्षा सकिए लगत्तै होलीको तयारी गर्दै बसेका छात्र छात्राहरुको विचमा पुमुख जिल्ला अधिकारी सहितको टोली पुग्यो । जिल्ला बाल कल्याण समिति दैलेखका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सरोेज पौडेल, महिला विकास अधिकृत पवित्रा पुरी सहितको टोली पुग्दा उनिहरु अचम्ममा परे । टोली जिल्लामा बाल बिवाह न्यूनिकरणका लागि कक्षा ११ र १२ मा अध्ययनतर विद्यार्थीहरुलाई अभिमुखिकरण गर्नका लागि एका विहानै विद्यालयमा पुगेको थियो ।
उक्त टोली विद्यालय प्रागणमा पुगे संगै विद्यालयमा शिक्षकहरुले कार्यक्रम हलको व्यवस्थापन गरे । कक्षा ११ र १२ मा अध्ययरत बालबालिकाहरु पनि हलमा प्रवशे गरे । विद्यालयको पाठ्यपुस्तक बाहेक बालबालिकाहरुको अधिकार र बालविवाहको बारेमा भएका कानुनी कुराहरु धेरै कुराहरु जानकारी नभएका कारण पनि अभिमुखिकरणका लागि पुगेको टोलीको भनेका कुराहरु ध्यान दिएर सुनेका किशोरी किशोरीहरु एक आपसमा कानेखुसी सुरु गरे । “बाल विवाह ग¥यौ भने यस्तो असर पो गर्दो रहेछ भन्दै उनिहरुले एक आपसमा गरेका कुराहरु प्रस्टै सुन्न सकिन्थ्यो । बाल विवाह र छाउपडि प्रर्थाको विषयमा धेरै कुरा जानकारी पाएपछि सोहि विद्यालयमा अध्ययरत पुजा गौतमले बाल विवाह र छाउपडि प्रर्थाको विषयमा खुलेर बोलिन् । उनले बालविवाहको बारेमा अब विद्यालयमा अध्ययतरत अन्य विद्यार्थीहरुलाई पनि सम्झाउँने बताइन् । उनि संगै कार्यक्रमको सहभागि भएका किशोर किशोरीहरुले २० वर्ष उमेर नपुगी विवाह नगर्ने प्रतिबद्धता गरे । उनिहरुले एकै स्वरमा भने ‘गर्दैनौ बालविवाह, बार्दैनौ छाउपडि ।’
कार्यक्रममा १५ देखि १९ वर्ष उमेर समूहका ५० जना भन्दा बढी किशोर किशोरी सहभागि थिए । सोहि विद्यालयमा अध्ययनरत अर्की किशोरी तुल्सी थापाले भनि ‘हामी गाउँमा बालविवाह भइरहेका खबर पाउना साथ रोक्ने प्रयास गर्छौं,नसेक सम्बन्धित निकायलाई खबर गर्छौ ।’ विद्यालयमा अध्यनतर किशोर किशारीहरुले बालविवाहले पार्ने असरबारे आमाबुवालाई सम्झाउने प्रतिबद्धता समेत गरेका छन् ।
जिल्लाका विभिन्न विद्यालयहरुमा बालविवाहले पार्ने असरबारे किशोर किशोरीलाई अभिमुखिकरण गरिएको थियो । महिला तथा बालकालिका कार्यालय दैलेखकी महिला विकास अधिकृत पवित्रा पुरीका अनुसार जिल्लामा अन्य विद्यालयहरुमा पनि यस्ता कार्यक्रम गरिने भएको छ ।
त्रिभुवन माध्यामिक विद्यालयमा भएको अभिमुखिकण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सरोज पौडेलले बाल बिवाह रोकथाम र न्यूनिकरणको अवस्था बारे जानकारी गराउदै बाल विवाह भएका खबर पाए रोक्न प्रयास गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । उनले बाल विवाह रोक्न नसकेमा जिल्ला प्रहरी कार्यालयको नम्बर १०० अथवा बाल हेल्पलाइन १०९८ मा खबर गर्न अनुरोध गरेका छन् ।
यस्तै जिल्ला बाल कल्याण समिति दैलेखका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बालविवाह सर्वाङ्गीण विकासको बाधक भएकाले जिल्ला बाल कल्याण समितिले बालविवाह रोक्ने अभियान सुरु गरेको बताए । उनले जिल्ला बाल कल्याण समिति र जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा केही हदसम्म रोक्न सफल भएका बताउदै सबै ठाउँमा बालविवाह रोकियो भने पछि समाजमा बालविवाह गर्ने चलन हराउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखकी कार्यक्रम संयोजक दुर्गा गिरीले जिल्लामा बालविवाहको वर्तमान अवस्थाबारे विद्याथीहरुलाई जानकारी गराएकी थिइन् । कार्यक्रममा राष्ट्रिय बाल संरक्षण संजाल प्रदेश नं. ६ का संयोजक एंव सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले हाल सम्म जिल्लामा ७ सय भन्दा बढी बालविवाह रोकिएको तथ्यांक सार्वजनिक गर्दै विद्यालयमा अध्ययनरत किशोर किशोरीहरुलाई बाल विवाह न्यूनिकरणको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । जिल्ला बाल कल्याण समिति दैलेखको आयोजना गरिएको कार्यक्रमलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहयोग गरेको थियो । दैलेख जिल्लामा बालविवाहको भयावह तथ्याङ्क देखिएपछि जिल्लाका सरकारी तथा गैरसरकारी निकायले बालविवाह न्यूनीकरणका लागि विभिन्न अभियान चलाउदै आएका छन् ।

प्रतिक्रिया