वातावरण संरक्षणमा सहयोग

वातावरण संरक्षणमा सहयोग

दैलेख, फागुन १६ – दुल्लू नगरपालिका नगरप्रमुख घनश्याम भण्डारीले पानी परियोजनाले बेलाबेला गर्दै आएका विभिन्न कार्यक्रमहरुले वातावरण र जैविक विविधताको संरक्षणमा सहयोग पु¥याएको बताएका छन् ।
दैलेख र अछाम जिल्लाका कर्णाली र सहायक नदी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, माछा व्यवसायी र सरोकारवालाहरुसंग बुधवार भएको माछा व्यवसाय प्रवद्र्धन सम्वन्धी १ दिने कार्यशाला कार्यक्रममा उनले सो विचार राखेका हुन् ।
माछा पालन व्यवसायको प्रवद्र्धन, पानीको श्रोत र जैविक विविधता संरक्षण विषयमा केन्द्रित कार्यशालाले जलीय प्राणीको जीवनचक्र तथा संरक्षणमा प्राविधिक ज्ञान प्राप्त भएको अछामको तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष अमृतादेबी बुढाले सुनाइन् ।
यूएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित पानी परियोजनाले आयोजना गरेको माछा पालन व्यवसायको प्रवद्र्धन सम्वन्धी कार्यशालामा माछाविद् सुरेश वाग्ले, पानी परियोजनाका बरिष्ठ प्राविधिक अधिकृत दिपक रिजाल, सहजकर्ता बेदप्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।
सामुदायिक वन उपभोक्ता समिति दैलेख शाखाको समन्वयमा भएको कार्यशालामा सामुदायिक वन उपभोक्ता समितिका जिल्ला अध्यक्ष मनिराम शर्माले समापन धन्यवाद दिएका थिए ।
दिनभरको कार्यशालामा माछा पालन व्यवसाय प्रवद्र्धनका निम्ति स्थानीय तह, माछा व्यवसायी र सरोकारवालाहरुको भूमिका, व्यवसायको प्रवद्र्धनको संभावना, अवसर र चुनौती विषयमा समूहगत कार्य गरी समस्या समाधानका उपाय विषयमा बृहत छलफल भएको थियो ।

प्रतिक्रिया