होलीमा हतियार प्रहार गरी १ जनाको हत्या

होलीमा हतियार प्रहार गरी १ जनाको हत्या

कैलालीमा होली खेल्ने क्रममा छूरा प्रहार हुँदा एकजनाको मृत्यु भएको छ ।टीकापुर नगरपालिका–१ मा गएराति १२ः४५ बजे होली खेल भइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा टीकापुर नगरपालिका–२ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले छूरा प्रहारबाट घाइते थापाको उपचारका क्रममा ज्यान गएको पुष्टि गर्दै छूरा प्रहार हुनुको कारण भने नखुलेको जानकारी दिए । ‘होली खेल्ने क्रममा अज्ञात समूहले छूरा प्रहार गर्दा करण थापाको ज्यान गएको छ, तर कारण खुलेको छैन’, प्रहरीले उपरीक्षक घिमिरेले भने ।छुरा प्रहारबाट गम्भीर घाइते थापालार्इ उपचारको लागि टीकापुर अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् । प्रहरीले घटनामा संलग्न भएको आशंकामा ९ जनालाई नियन्त्रणमा लिएको छ । कैलाली प्रहरीका अनुसार उनीहरुमाथि अहिले अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया