युवा जागरण अभियान

युवा जागरण अभियान

दैलेख फागुन १८- शुक्रवार दैलेख सदरमुकाममा युवा जागरण अभियानका अभियान्ता काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेलले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनलाई संवोधन गर्दै युवा नेता चिन्तन पौडेलले आधुनिक कृषि प्रर्णालीको विकासले मात्रै मुलुक समृद्धिको दिशामा अगाडी बढ्ने बताएका छन् । उनले युवाहरुको राजनीतिमा प्रवेश संग–संगै व्यवसायमा पनि जोडिनुपर्ने बताउदै बर्तमान परिवेशमा राजनिती प्रति युवा जगतको वितिष्णा पैदा भएकाले त्यसलाई चिर्न र नैतिकताको राजनीतिक संस्कार को बिकासका लागि आफुले युवा जागरण अभियान चलाएको बताए । कार्यक्रममा नेपाली काँग्रेस दैलेखका सचिव टेक बहादुर कटुवाल, नेबिसंघका केन्द्रिय उपाध्यक्ष प्रकाश राना, सह–महामन्त्री ईश्वर बिष्ट, केन्द्रिय सदस्य अर्जुन बम, अलिजा ढकाल, पुनम लामा, नेबिसंघ दैलेखका अध्यक्ष धिरेन्द्र सापकोटा काँग्रेस जिल्ला सदस्य गणेश शाही, महिला संघ दैलेखका अध्यक्ष सिता राना, महिला नेत्री निर्मला खड्का, नारायण नगर सभापति प्रकाश न्यौपाने, तरुण दल क्षेत्रीय अध्यक्ष सुवास थापा बिनोद, श्रेष्ठ लगाएतको उपस्तिथि रहेको थियो । कार्यक्रम को अध्यक्षता प्रेस युनियन दैलेखका अध्यक्ष भुपेन्द्र शाहिले गरेका थिए ।

प्रतिक्रिया