सदरमुकामको फोहोर उठेन ‘मोवाइल एप्समा गुनासो पोख्नुहोस्’

सदरमुकामको फोहोर उठेन ‘मोवाइल एप्समा गुनासो पोख्नुहोस्’

फोटो -मोवाईल एप्सको उद्दघाटन गर्दै नगर प्रमुख र उप प्रमुख ।फागुन १८ दैलेख- “तपाइको घरको फोहोर उठेन, तपाईको घर नजिक हुने बिकास निर्माणका काम गुणस्तरीय भएन, यदि छैन भने मोवाइल एप्समा गएर गुनासो पोख्नुहोस् ।” यो भनाई नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काको हो । नारायण नगरपालीका दैलेखले आफ्नो सेवालाई प्रभावकारी बनाउनका लागि विस्तार गरेको मोवाईल एप्स सेवाको उद्घाटन गर्दै नगर प्रमुख रत्न बहादुर खड्काले भने ‘ नारायण नगरपालिका दैलेखबाट प्रवाह गरिने कुनै पनि सेवामा चित्त नबुझेमा मोवाइल एप्समा खबर गर्नुहोस्, त्यसको तत्काल काम कार्बाही अगाडी बढाउछौ ।’ उनले अबको युग भनेको सुचना प्रबिधिको भएको भन्दै प्रविधिको बिकाससगै आफ्ना कार्यहरुपनि सोही बमोजीम विकास गर्नुपर्ने बताए । नारायण नगरपालीका प्रमुख रत्न बहादुर खड्काले मोवाइल एप्स सेवाले जनतालाई सहज हुने बताए ।
मोवाइल एप्समा सुचना, योजना, बजेट, वडापत्र, कार्यापालीका बाट हुने निर्णयहरु सहज रुपमा जनताले हेर्न मिल्ने गरि मोवाइल एप्स निर्माण गरेको नारायण नगरपालीका दैलेखका सुचना प्रविधि अधिकृत प्रकाश बहादुर बिसीले बताए । उनले नारायण नगरपालीकामा रहेको कुल २३ हजार जनसख्यामा ८० प्रतिशत जनता इमेल इन्टरनेटको पँहुचमा भएकाले मोवाइल एप्स प्रभावकारी हुने बताए । नेपाल अधिराज्य भरी भएका नगरपालीकामध्ये काठमाण्डौ महानगरपालीका पछि नारायण नगरपालीकाले मोवाइल एप्स सेवा बिस्तार गरेको सुचना प्रबिधि अधिकृत बिसीले बताए ।
११ वटा रहेको नारायण नगरपालीकामा सबै स्थानमा इमेल इन्टरनेटको जडान हुन नसकेकोले त्यसका लागि नगरपालिकाले तत्काल कार्यहरु अगाडि बढाउने उपप्रमुख साबित्री मल्लले बताइन । उनले भनिन ‘अव हामीले गरेको हरेक काम कार्बाहीहरु पारदर्शी छन्, कि छैन्न भन्ने कुरा आम जनताहरुले जान्नका लागि मोवाइल एप्समा गएर हेर्दा प्रस्ट हुन्छ ।’

प्रतिक्रिया