४४ मत पाएर देउवा बने संसदीय दलकाे नेता

          |   प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४     ::: 219 पटक पढिएको   |  

 सिंहकाे १९ मत मात्रै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलकाे नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी हुनु भएकाे छ ।संसदकाे कूल ६३ मत मध्ये सभापति देउवाले ४४ मत प्राप्त गर्नु भएकाे छ । प्रतिद्वन्दी प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नु भएकाे छ ।  निर्वाचनमा प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३  सांसदले मतदान गरेका थिए ।अालाेचना र विभिन्न अड्कलबाजीकाे बाबजुत सभापति देउवा  नै दलकाे नेता बनेपछि उहाँलार्इ बधार्इ  दिन संसदीय दलकाे कार्यालयमा नेता तथा कार्यकर्ताकाे भीड लागेकाे छ । सभापति तथा नवनिर्वाचित दलका नेता देउवाले अाजै सांसदहरूलार्इ निर्देशन दिने कार्यक्रम छ ।



Leave a comment

Your email address will not be published.


*