सडक निर्माणमा ढिलाई

सडक निर्माणमा ढिलाई

दैलेख । जिल्लाका विभिन्न उपभोक्ता समितिबीच विवाद हुदा सडक निर्माणमा ढिलाइ भएको छ । आठबीस नगरपालिकाका २, सि“गौडी, ४ राकम, ६ सिंहासैन, ७ को सिंहासैन र तिलेपाटा तथा ८ को तिले पाटामा उपभोक्ता समितिबीच विवाद भएपछि विकासे काममा समस्या भएको हो । वडा २ को सिगौडीमा सडकका लागि २३ लाख बजे ट विनियोजन भएको थियो ।

फायल तस्वीर

हुलाकी डाडा“देखि पीपलरूख श्रीकोट सडक निर्माण उपभोक्ताकै विवादले काम सुरु हुन सकेको छैन । वडा २ का अध्यक्ष पूर्ण खनालका अनुसार राजनीतिक पूर्वाग्रहका कारण विवाद भएपछि सडक निर्माणले गतिलिन नसकेको हो ।

त्यस्तै वडा ७ र ८ को सिंहासैन र तिलेपाटामा एमाले र कांग्रेसका कार्यकर्ताले छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरेपछि सडक निर्माणमा समस्या भएको छ । वडा ७ को राकम कर्णालीबाट सिंहासैन सडक निर्माणमा २१ लाख रुपैया“ बजेट विनियोजन भएको छ ।

तर उपभोक्ता समिति गठनमा एमाले र कांग्रेसका कार्यकर्ताबीच कुरा नमिल्दा समस्या भएको स्थानीय नवीनबहादुर शाही बताउँछन् । तर्कु बेरुपाटा–ब्रह्मडा“डा सडकमा ९ लाख रुपैया“ छुट्याएको छ । हालसम्म कामै सुरु हुन नसकेको वडा ७ का अध्यक्ष चक्रबहादुर शाहीले बताए । सम्झौता भएपनि काम गर्ने वातावरण नहुदाँ समस्या भएको उनको भनाइ छ ।

चालु आवमा आठबीस नगरपालिकाको सडकमा १ करोड ८८ लाख ५ हजार बजेट विनियोजन गरिएको छ । तर , काम भने उपभोक्ता समिति गठनमा विवाद हुँदा अल्झिएको छ । विकासे काममा पार्टीगत स्वार्थ हु“दा समस्या भएको स्थानीय अर्जुनकुमार शाहीकोभनाइ छ । उनका अनुसार ५ वटै वडामा विवाद भएपछि सडक निर्माणअल्झिएको हो ।२ दशकपछि स्थानीय सरकार गठन  हुँदासमे त सर्वसाधारणले विकासको अनुभूति गर्न नपाएको उनको भनाइ छ ।

आठबीसका अधिकांश स्थानमा सडक पु¥याउने लक्ष्य भए पनि उपभोक्ता समितिमै विवाद हु“दा समस्या भएको उपप्रमुख दीपा बोहोराले बताइन् ।

 

प्रतिक्रिया