अझै भएन माथिल्लो कर्णालीको पीपीए

अझै भएन माथिल्लो कर्णालीको पीपीए

 निर्माणपूर्वका तयारी सम्पन्न गर्न नसक्दा सरकारले पटकपटक म्याद थप्दै आएको माथिल्लो कर्णाली आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) अझै हुन सकेको छैन । कान्तिपुर दैनिकमा समाचार छ ।

नौ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना

जग्गा अधिग्रहणमा ढिलाइको कारण देखाउ“दै विकासकर्ता भारतीय कम्पनी जीएमआरले पीपीए गर्न नसकेको जनाएको छ । माथिल्लो कर्णालीमा उत्पादित विद्युत् भारत निर्यात गर्ने उद्देश्यले निर्मँण गर्न लागिएको ९ सय मेगावाट आयोजनाको पीपीए नहु“दा जीएमआरले लगानी जुटाउन सकेको छैन ।

पीपीए गर्ने दायित्व जीएमआरकै हो। विदेशी बैंकहरू लगानी गर्न तयार भए पनि जीएमआरले पीपीए गर्न ढिलाइ गरिरहेको आरोप छ । ०१९ सेप्टेम्बरसम्म निर्माणपूर्वका सबै तयारीहरू पूरा गर्ने प्रतिबद्धतासहित लगानी बोर्डले पछिल्लोपटक जीएमआरको म्याद थपेको हो । उक्त अवधिमा कम्पनीले वित्तीय समापन (फाइनान्सियल क्लोजिङ) का सबै आधारभूत कार्यहरू सकिसक्नुपर्छ ।  विद्युत् खरिद सम्झौता बिना विकासकर्ताले ऋण सहायता पाउन सक्दैन,’ लगानी बोर्डका एक अधिकारी भन्छन्, ‘सरकारले वन र जग्गाको अडचन सुल्झाइदिए पनि मुआब्जा रकम वितरण गर्न सकिरहेको छैन । यसले गर्दा स्थानीयस्तरमा झन् संशय पैदा गराएको छ ।’ जीएमआरले हाल किस्ता बन्दीमा मुआब्जा वितरण गरिरहेकोछ ।

प्रभावित क्षेत्र पुगेर फर्किएका बोर्डका कर्मचारीहरू मुआब्जा दिन नसक्नेले आयोजना के बनाउला ? भन्ने प्रश्न उठ्न थालेको बताउ“छन् । विद्युत् खरिद सम्झौता (पीपीए) भनेको उत्पादित बिजुलीको बजार ग्यारन्टी हो । भारत, बंगलादेशमा माथिल्लो कर्णालीको बिजुली बेच्ने जीएमआरको योजना छ । बजारको ग्यारन्टी नभई लगानीकर्ता े लगानीका लागि तयार हु“दैनन्।

‘वित्तीय साझेदारहरू बजारको ग्यारन्टी नहु“दासम्म आयोजनामा लगानी गर्न तयार हु“दैनन्। पीपीएमा जति ढिलाइ ग¥यो उति नै निर्माणमा असर पर्छ,’ बोर्ड स्रोतले भन्यो , ‘ जीएमआरलाई कामको ‘स्पिड’ बढाउन बारम्बार बैठकमा सचेत गराइरहेका छौ ं। अझै उसको गति सुस्त छ । अब जति ढिला हुन्छ जीएमआरकै तर्फबाट हुने छ ।’ जीएमआरले क्रस बोर्डर गाइडलाइनका केही प्रावधानले कानुनी समस्या देखिएको बताएको छ । दुई देशका विदेश सचिवस्तरीय बैठकबाट उक्त गाईडलाइन परिमार्जन गर्नुपर्नेहुन्छ । नेपालका परराष्ट्र अधिकारीहरू तयार भएपनि भारतीय पक्ष छलफल गर्न तयार नभएको बताइएको छ । दैलेखको डाबमा ड्याम बनँई २.५ मिटर लामो सुरुङमार्फत १ सय ५० मिटर तल खसाले र अछामको बाल्देमा विद्युत् उत्पादन गरिने छ । यहा“ उत्पादित विद्युत् नेपालले १२ प्रतिशत सित्तैमा पाउने छ । यदि नेपालले थप बिजुली किन्न चाहेमा जीएमआरले उपलब्ध गराउन सक्ने पीडीएमा उल्लेख छ ।

भारत लैजान बे र लीसम्म ४ सय केभी डबल सर्किटको प्रसारण लाइनको विस्तृत सर्भे भइसकेको छ । नेपालभित्र पर्ने प्रसारण लाइन सुर्खेत, अछाम र कैलाली जिल्लामा जोडिने गरी करिब एक सय किमि लामो हुने छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति प्रभावित क्षेत्रका बासिन्दा पनि सशंकित छन्। ‘पछिल्लो समय पब्लिक सपोर्ट जुटदै थियो। मुआब्जा दिनसमे त आनाकानी गरि र हेको छ,’ स्थानीयबासीले भने ।

प्रतिक्रिया