‘हिंसा अन्त्य गर्न आजैबाट पहल थालौ’

‘हिंसा अन्त्य गर्न आजैबाट पहल थालौ’


महिला तथा बालवालीका माथी हुने हिंसा अन्त्यका लागी समाजमा जरो गाडेर रहेका रुढीवादी परम्परा त्याग्नुपर्ने दैलेखका सरोकारवालाहरुले बताएका छन । १०८ औ अन्तराष्ट्रि महिला दिवसको अवसरमा रेडीयो ध्रुबतारा एफ.एम. दैलेखमा आयोजित रेडियो परिसंवाद कार्यक्रममा सहभागी जिल्लाका सरोकारवालाहरुले यस्तो बताएका हुन । जस्तो सुकै हिंसा अन्त्यका लागी आफुबाट र आजैबाट पहल थाल्नुपर्ने सरोकारवालाहरुको भनाई छ । परिसंवाद कायक्रममा बोल्दै जिल्ला समन्वय समिती दैलेखका उप–प्रमुख लक्ष्मीदेवी शाहले नेपाली महिलाहरुको लैङ्गिक समानता तथा शसक्तीकरणको लागी सबै एकजुट हुन जरुरी रहेको बताइन् । अधिकांश गाँउ समाजमा अझै पनि रुढीवादी परम्परा व्याप्त रुपमा रहेको बताउदै उनले समाजमा जगडीएर रहेको बिचार र सोचाई परिवर्तन गर्नु आवश्यक रहेको बताइन् । रुढीवादी परम्पराकै कारण विभिन्न क्षेत्रमा अमानवीय घटनाहरु घटेको भन्दै शाहले आजबाट र आफैबाट हिंसा अन्यको बिरुद्धमा लाग्न सबैमा आग्रह गरिन् ।

यस्तै नारायण नगरपालीका दैलेखका उप–प्रमुख सावित्री मल्लले हिंसा अन्त्यका लागी जिल्लाका सबै निकायहरुसंग समन्वयात्मक भुमिका खेल्दै अगाढी बढ्ने बताइन् । समाजमा कायमै रहेका छाउपडि प्रथा जस्ता कुप्रथाहरुलाई अन्य गर्नका लागी अभियानकै रुपमा सचेतनामुलक कार्यक्रम अगाढी बढाउने गूरुयोजना निर्माण गर्ने पनि उप–प्रमुख मल्लको भनाई छ ।
यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले आफुमाथी हुने हिंसाको अत्यका लागी अरुको भर पर्नुभन्दा पनि आफैबाट सूरुवात गर्नुपर्नेमा जोड दिए । परिवर्तन आफैबाटै सूरु गरेपछि मात्रै सम्भव हुने भन्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले हरेक महिला छाउपडी, यौनजन्य दुव्र्यवहार, बालविवाह जस्ता सामाजिक कुरिति र कुसस्कार अन्य गर्नका लागि सशक्त भएर जुट्न सबै नागरीकहरुमा अपिल गरेका छन् । दैलेखलाई महिला हिंसा रहित जिल्ला बनाउन आफुबाट र आजैबाट सबैले पहल थाल्ने हो भने दैलेख जिल्लालाई हिंशामुक्त जिल्ला बनाउन सफल हुनेमा उनले विश्वास व्यक्त गरे । महिला तथा बालबालिका कार्यालय दैलेखका महिला विकास अधिकृत पवित्रा पुरीले अबको सन्दर्भमा महिला तथा बालबालीकाको विषयलाई स्थानीय सरकारले बनाएका निती नीयम र कानुनहरुको निर्माण र कार्यान्वयन पक्षलाई सशक्त बनाउनु पर्ने बताइन् । आफुमाथी भएका हिंसाहरुलाई आफै खुलस्त रुपमा भन्न सक्ने स्थिती सृजना गर्नका लागी पीडितलाई आर्थीक शसक्तीकरणको पाटोमा पनि स्थानीय सरकारले जोड दिनुपर्ने उनको भनाई छ । उनले महिला तथा बालवालीकाहरु माथी हुने गरेका कुनैपनि घटनाहरुमा कुनैपनि किसीमको सम्झौता नगरी कानुनी दाएरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरिन् ।

परिसंवाद कार्यक्रमको दैलेखका तिनवटा सामुदायीक रेडीयोहरु ध्रुबतारा एफएम, ज्वाला एफएम र दुल्लु एफएम बाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । ‘‘आर्थीक सशक्तीकरण सहितको सामाजीक जागरण, ग्रामीण तथा सहरी महिलाको जिवनस्तर रुपान्तरण” भन्ने नारा सहित १०८ औ अन्तराष्ट्रिय महिला दिवस दैलेखमा भोली फागुन २४ गते बिहीबार विविध कार्यक्रम गरेर मनाईदै छ । दिवसको अघिल्लो दिन बुधवार चित्रकला प्रतियोगिता र कुर्चीचाल प्रतियोगिताको आयोजना गरिएको महिला तथा बालबालिका कार्यालय दैलेखका महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिएकी छिन् ।

महिला तथा बाललवालीका कार्यलय दैलेखको आयोजना तथा जिल्ला समन्वय समिती दैलेखको समन्वय र सामाजिक सेवा केन्द्र सासेक नेपाल दैलेख एंव्म नारायण नगरपालीका दैलेख लगाएतका जिल्ला विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा दिवसका अवसरमा बिबीध कार्यक्रम हुने बताईएको छ । सन १९१० मार्च ८ का दीन अमेरीकाकोे एउटा कपडा उद्योगमा काम गर्ने महिलाहरुको पारिश्रमिकमा भेदभाव भएको र बिभिन्न खाले शोषण र दमनका घटनाहरु हुन थालेपछि नारीमुक्ती अभियान्ता क्लाट जेटकीनले यो अबधारण ल्याएसंगै यो दिवस मनाउन थालीएको हो ।

प्रतिक्रिया