महिला दिवसको अबसरमा बतृत्वकला

महिला दिवसको अबसरमा बतृत्वकला


‘‘आर्थीक सशक्तीकरण सहितको सामाजीक जागरण, ग्रामीण तथा सहरी महिलाको जिवनस्तर रुपान्तरण” भन्ने नारा सहित १०८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आठवीस नगरपालिकाको सिगौडीमा बालविवाह र छाउपडि प्रर्था न्यूनिकरणका लागि विद्यार्थीको भूमिका विषयक बतृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । सिगौडीको सरस्वती माध्यामिक विद्यालयमा आयोजित प्रतियोगितामा ९ जना विद्यार्थी सहभागि भएको बताइएको छ । प्रतियोगितामा दिपक खनाल प्रथम, हेमराज खनाल दृतिय, उपासना खनाल तृतिय हुनुभएको छ भने हिमानी खनाल सान्तोना हुनुभएको बताइएको छ । दिवसको अबसरमा विद्यार्थीहरुले विभिन्न नारा सहित ¥याली निकालेका थिए । सोहि अवसरमा विद्यालयका कक्षा १ देखि ५ कक्षा सम्म अध्ययनरत बालबालिहरु मध्ये सबै भन्दा धेरै विद्यालय आउने बालबालिकाहरुलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा कक्षा १ का कृष्णा खनाल, कक्षा २ का दशरथ देवकोटा, कक्षा १ का मदन खनाल, कक्षा ४ का मिनेन्द्र खनाल तथा कक्षा ५ का संदेश खनाल रहेका छन् । कार्यक्रम सेभ द चिल्ड्रेनको सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा संचालित सहयात्रा परियोजनाको सहयोग, सरस्वती बाल क्लबको आयोजना तथा सरस्वती माध्यामिक विद्यालयको समन्वयमा सम्पन्न भएको हो ।

प्रतिक्रिया