महिलाहरुको भूमिका पूरुष सरह – भण्डारी

महिलाहरुको भूमिका पूरुष सरह – भण्डारी

दैलेख–दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले देश निर्माणमा महिलाको भुमिका पुरुष समान सरह हुने बताएका छन् । उनले महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भन्ने भनाइलाई आत्म साथ गर्दै महिलाको सफलतामा पुरुषको भूमिका र पुरुषको सफलतामा महिलाको भुमिका महत्वपुण हुने बताए । १०८ आँै अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहिबार दुल्लू नगरपालिका द्धारा आयोजित कार्यक्रममा प्रमुख भण्डारीले सो कुरा बताएका हुन ।

दुल्लूमा बिहीबार बाल विवाह न्युनीकरण तथा छाउपडी मुक्त लोक नृत्य प्रतियोगिता आयोजना गरि अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । लोक नृत्य प्रतियागितामा दुल्लू नगरपालिकाका १३ वटा वडा मध्य ११ वटा वडाको आमा समुहबाट सहभागिता जनाएका थिए । सहभाागि मध्य दुल्लू नगरपालिका वडा नं. १ को वडापाटा आमा समुह प्रथम भएको छ । यस्तै दुल्लू नगरपालिका वडा नं.१० को गमौडी आमा समुह द्धितिय, वडा नं ४ को देउती बालसुलब केन्द्र तृिितय र दुल्लू नगरपालिका वडा नं. १२ को देउती आमा समुह सान्तवना भएका छन । प्रतियोगितामा प्रथम द्धतिय र तृतिय स्थान हासील गर्ने आमा समुहलाई पुरस्कार र प्रमाण पत्र समेत प्रदान गरीएको थियो । साथै सहभागिहरुलाई पनि प्रमाण पत्र बितरण गरिएको थियो । दुल्लू नगरपालिकाकी उपप्रमुख बष्णु थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारी, विशेष अतिथि जिल्ला समन्वय समिती दैलेखकी चन्द्रा बि.क. रहेका थिए ।
महिला बिकास अधिकृत सरला रेग्मीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा नेपाली काँग्रेस दुल्लू नगर कार्य समितिका नगर सभापति टंक रिमाल, नेकपा एमालेका तिलक रिजाल , राप्रपा नेपालका गणेश उपाध्याय, महिला नेतृ बिना कार्की लगाएतले महिलाकाको हक अधिकारको बारेमा बताएका थिए । दुल्लू नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको सह आयोजक आवाज संस्था र एकपात लग्जमवर्ग रहेको थियो ।

प्रतिक्रिया