बाल्यकालमै लुटिएको जवानी

बाल्यकालमै लुटिएको जवानी

सुर्खेत जिल्लाको एउटा नगरपालिकामा बसोबास गर्ने नाम परिवर्तन लिल ब. बि.क.को ११ वर्षिय छोरी प्रमिला बि.क.लाई त्यो रात उनको जीवनमा कहिल्यै नबिर्सिने क्षण बन्यो । जब उनीअ ाफ्नै काकाबाट असुरक्षित भईन् त्यसपछि उनको लागि नजिकको भन्ने कोही पनि रहेन् । हरेक व्यक्तिको लागि सबै भन्दा नजिक र विश्वासिलो उसको परिवार हुन्छ । तर, उनको लागि नजिकको न त परिवार भयो नत जीवन सुरक्षित नै भयो । सेतो कपडामा लागेको दाग बरु हराउदै जाला तर उनको जीवनमा लागेको दाग कहिल्यै नमेटिने गरी बसेको छ ।
उनको आमाले ६ महिनाको दुधे बच्चालाई छाडेर अर्कैसँग विहे गरिन् । बाबु नियमित मदिरा सेवन गर्थे कहिले घर आउथे कहिले उनको बास रक्सि पसलतिरै हुन्थ्यो । अधिकाँस समय बाबुले जीवन निर्वाहका लागि भारततिर जाने गरेपछि सिताले आफ्नो बाल्यकाल काका र हजुर बुबासँगै बिताईन् ।
केही समयपछि उनको बुबाले पनि विहे गरे । पछिल्लो समय शौतेनी आमासँग बस्दै आएकी प्रमिलाले नियमित विद्यालय जान कहिल्यै पाईनन् । सानै उमेर देखि होटलमा भाडा माझेर कमाएको पैसा कापी, कलम र पोषाकमा खर्च हुन्थ्यो । कक्षा ३ मा अध्ययन गर्ने प्रमिलाले कैयौ दिनदाउरा बेचेर पढाई खर्च जुटाएकी थिइन् ।

तिहारको दिन थियो, कान्छि आमा माइतिघर गएकी थिइन् । हजुर बुबा पनि टिका लगाउन गएकाले घरमा कोही थिएनन् । घरको ढोका बन्द गरिएको थियो । लामो समय घरकै पेटिमा बसिन् । तर कोही आएनन् ढोका खोल्ने मान्छे । राति छिपिदै गएको हुदाँ सबैको घरका ढोकाहरु बन्द हुदै थिए । छरछिमेकमा कसैको आवाज सुनिदैन्थ्यो । सुनसान राती थियो । चाडबाड भएकाले मदिरा सेवन गरी हल्ला गर्नेहरुको मात्रै आवाज सुनिन्थ्यो । त्यो बेला सम्म बसाईको टुंगो नभएपछि नजिकैको पराल टौवामा सुत्न गईन् ।

रातीको करिव नौ दश बजेको थियो होला । उनको काका मदिरा सेवन गरी घरमा आइ सकेपछि उनलाई जबरजस्तीकरण गर्न खोजे । मदिराले लठ्ठ भएका काकालाई रोक्न सकिनन् र बाल्यकालमै आफ्नै नातेदारबाट बलात्कृत भईन् । कसैलाई भनेमा मारि दिने धम्कि दिदै उनी हिडे । त्यसपछि प्रमिलाको रोएरै रातवित्यो । उनले ३ दिन सम्मनत हिडडुल गर्न सकिनन त कसैसँग उनलाई बोल्न मननै लाग्यो ।

उनी आफ्नै काकाबाट बतात्कृत भएको घट्ना विस्तारै सार्वजनिक हुदै गयो । पिडित प्रमिलाको पक्षमा बोलिदिने कोही नभए पछि केटालाई सम्झाई अब त्यस्तो नगर्ने शर्तमा कुरा मिलाईयो । विद्यालय जान त सुरु गरिन तर उनलाई पढ्न मन लाग्दैन्थ्यो । त्यो दिनको घट्ना विद्यालयमा समेत पुगिसेको हुदाँ उनलाई त्यसले सधै घोचिरहन्थ्यो ।

एक दिन उनकै साथीहरुले बाल हेल्पलाईन १०९८ (दश नौ आठ) मा फोन गरेछन् । प्रहरीको सहयोगमा बालिकाको उद्धार गरी सुर्खेतमै रहेको एउटा आपतकालिन पुर्नस्थापना केन्द्रमा र पिडकलाई हिरासतमा राखियो ।
विगतको यादले कहिले काही घोचि रहे पनि प्रमिलाको दैनिकि अहिले सामान्य जस्तै भएको छ । पुर्नस्थापना केन्द्रमा भएको सुरक्षा, मनोविमर्श सेवाले गर्दा उनमा साहस बढ्दै छ र उनी भन्छिन् अब डर लाग्न छोडि सक्यो । म आफ्नो योजना आफै बनाउन सक्छु र अत्याचारका विरुद्ध लड्न सक्छु । हरेक व्यक्तिले भोगाईबाट धेरै कुरा सिक्ने गर्दछ । उनलाई अहिले, लामो समयको पुर्नस्थापनाका लागि जिल्ला बाहिरको बाल गृहमा पठाइएको छ भने दोषिले सजाय भोगी रहेका छन् ।

प्रतिक्रिया