बोक्सीको आरोपमा फागुन २४ गते कैलालीमा एक किशोरी माथि कुटपीट भएको घटनाको दैलखेका नागरिक समाज संस्थाहरुले निन्दा

बोक्सीको आरोपमा फागुन २४ गते कैलालीमा एक किशोरी माथि कुटपीट भएको घटनाको दैलखेका नागरिक समाज संस्थाहरुले निन्दा

फागुन २६ गते , कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ देहुकलियाकी १८ वर्षीया राधा चौधरी माथि कथित बोक्सीको आरोपमा सामूहिक कचहरीमा फागुन २४ गते कुटपीट भएको घटनाको दैलखेका नागरिक समाज संस्थाहरुले निन्दा गर्दै आज प्रेस बिज्ञप्ती जारी गरेका छन् ।
घोडाघोडी नगरपालिका–५ देहुकलियाकै स्थानीय गुरुवा भनिने रामबहादुर चौधरी, किस्मती चौधरी र पार्वती चौधरीले कथित बोक्सीको आरोपमा अन्तरराष्ट्रिय महिला दिवसकै दिन फागुन २४ गते विहान झण्डै ५ घण्टा मरणासन्न हुने गरी कुटपीट गरेको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेखख ।
नागरिक समाजका अध्यक्ष अधिवक्ता खड्गबहादुर सिजापति, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र सामाजिक सेवा केन्द्र (सोसेक)नेपालका महासचिव नैनबहादुर शाहीले जारी गरेको विज्ञप्तीमा पीडितको स्वास्थ उपचारसंगै घटनाको अनुसन्धान गरी कडाईका साथ कारवाही गरी दण्डहिनताको अन्त्य गर्न यसैसरोकारवालासंग अपील गरिएको छ ।
घटनाबारे सुरुमा प्रहरीले उजूरी लिन नमानेको र घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले नै मिलापत्रको प्रयास गरेको अवस्थामा राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक लगायतका मानव अधिकारवादी संघसंस्थाको पहलमा हिजो मात्र जिल्ला प्रहरी कार्यालयले मुद्दा लिएको र पीडित किशोरीको स्वास्थ्य उपचार सेती अञ्चल अस्पतालमा भइरहेको छ । प्रहरीले मुख्य आरोपी रामबहादुर चौधरीलाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया