भुक्तानीमा ढिलाई ऊखु किसानहरु द्वारा मिल अगाडी धर्ना प्रदर्शन।

भुक्तानीमा ढिलाई ऊखु किसानहरु द्वारा मिल अगाडी धर्ना प्रदर्शन।

नवलपरासीको गंगापुर स्थित ईन्दिरा सुगर मिल आगाडी ऊखु किसानहरुले धर्ना प्रदर्शन शुरु गरेका छन । ऊखु किसानहरुको मुख्य आर्थिक स्रोत ऊखु नै रहेको हुदाँ करिब ८० प्रतिशत ऊखु क्रसिंग सकिन लाग्दा पनि किसान हरुको भुक्तानीमा ढिलाई गरेको हुदाँ प्रदर्शन गरिएको हो ।

समयमा भुक्तानी नपाऊदाँ ऊखु किसानहरुलाई निकै समस्या भोग्न परेको छ । क्रसिंग समय सकिन लाग्दा मिलले भुक्तानी गर्न आलटाल गरेको र बिचौलिया हरुलाई मात्र भुक्तानी गरेको कृषक युवराज मौर्याले जानकारी दिनु भयो । उक्त मिलले यो बर्ष अहिले सम्म करिब पाँच लाख क्विन्टल क्रसिंग गरिसकेको हुदाँ पनि हाल सम्म जम्मा करिब ७ करोड को भुक्तानी मात्र गरेको मौर्याले बताए । करिब दुई हप्ता पहिला शिघ्र भुक्तानीको माग गर्दै ऊखु किसानहरुले मिलको मुख्य गेट र चिनी गोदाममा ताला बन्दी समेत गरेपनि मिलले कुनै चासो नदेखाएको किसानहरुले आरोप समेत लगाएका छन । जिल्लामा कुल तिन वटा मिल रहेको हुदाँ र यो बर्ष लुम्बिनी चिनी उधोग बन्द भएपछि ईन्दिरा सुगर मिल गंगापुर र बागमती खाडसारी उधोग कुडीया मात्र संचालनमा रहेका छन ।

प्रतिक्रिया