पिडित किसानहरुको भुक्तानीमा सहमति जुटेन अगामी कार्यक्रमहरु सार्वजनिक (प्रेस विज्ञप्ति सहित )

पिडित किसानहरुको भुक्तानीमा सहमति जुटेन अगामी कार्यक्रमहरु सार्वजनिक (प्रेस विज्ञप्ति सहित )

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ गंगापुर स्थित ईन्दिरा सुगर मिल अगाडी पिडित उखु किसानहरले धर्ना एवम् रिले अनसन कार्यक्रम आज स्थगित गरी मिलको गोदाम र गेटको ताला बन्दी यथावत राखी ६ बुदें मागहरु सहित अगाडीको कार्यक्रमहरु हस्तराक्षित प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

अगामी कार्यक्रमहरु:

१) मंगलवार २९ गते साझ ५ बजे देखी धरना एवम रिले अनसनको कार्यक्रम स्थगित ।

२) ताला बन्दीको कार्यक्रमलाई निरन्तरता राख्ने ।

३) बुधवार ३० गते जिल्ला प्रशासन कार्यालय नवलपरासी र प्रदेश प्रमुख कहाँ जाने

४) पिडित उखु किसानका कार्यक्रम मिल प्रशासन, जिल्ला प्रशासन, नागरिक समाज,पत्रकार सम्बन्धित सरोकारवाला सम्पुर्णलाई जानकारी गराउने र उखु क्रसिगंमा कुनै किसिमको बाधा अवरोध नगर्ने ।

५) सोही दिन देखी केही दिन समस्या सामाधानको लागी सरोकारवाला संग समन्वय गर्ने ।

सामाधान आएन भने पिडित उखु किसानको बैठक बसि अगामी सन्घर्षका कार्यक्रमहरु सार्वजनिक गरिनेछ । साथै मिल व्यवस्थापनले दलाल लगाएर शान्तिपुर्ण अन्दोलन र ताला टुटाउने क्रियाकलाप गर्यो भने किसानहरु कडा प्रतिकार गर्न बाध्य हुने छन । आज बिहान सहमतिको समय तय गरिए पनि पिडित किसानहरुले मिल मालिक नआए सम्म कुनै वार्ता नगर्ने पिडित किसानहरले अडान गरे पछि मिल मालिक अनुपस्थितिमा वार्ताको सहमति नजुटेपछि यस्तो कार्यक्रमहरु सार्वजनिक गरिएको हो ! आईतवार साझ देखी उखु किसानहरुले भुक्तानी एवम् पेश्कि नपाएपछि मिलको मुख्य गेटमा धर्ना एवम रिले अनसन सुुरु गरेका थिए ।

प्रतिक्रिया