बन्गाड कुपिण्डेमा सेवा प्रभावकारीताका लागि सार्वजनिक सुनुवाई

बन्गाड कुपिण्डेमा सेवा प्रभावकारीताका लागि सार्वजनिक सुनुवाई

बन्गाड कुपिण्डे नगरपालीकाबाट प्रदान गरिने सेवा सुविधाको प्रभावकारीताका लागि आज सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न भएको छ । बन्गाड कुपिण्डे नगरपालीकाको आयोजना र युएस आईडि पहल कार्याक्रमको सहकार्यामा कार्याक्रमको आयोजना गरिएको थियो । बन्गाड कुपिण्डे नगरपालीका १२ वटै वडाबाट नागरिकलाई के कस्तो सेवा प्रदायक काम भए नभएको भन्ने विषयमा सवाल जवाफ भएको थियो ।
नगरको विकास र समृद्धि अघि वढेकाले सवैलाई सकरात्मक बाटोबाट हातेमाले गरि अघि वढ्न नगर प्रमुख गोविन्द कुमार पुनले अनुरोध गर्नु भएको छ । नगरलाई कसरी अघि वढाउन सकिन्छ भन्ने विषयमा सवैै नगर वासिको सहयोगको रहेको जनाएको छ । बन्गाड कुपिण्डे नगरपालीकामा एन कानुनहरु निमार्ण हुने क्रममा रहेकाले र सुरुवाती अवस्था भएकाले भने अनुसार नागरिकका वाचा वचन पुरा गर्न नसके पनि विस्तारै सवै काम पुरा हुने वताएको छ । नगरको विकास समृद्धिको लागि अपुग र अप्रयाप्त स्रोत साधन जन शक्तीका बावजुत पनि अहोरात्र खटेर जनताको काममा समय विताएको पुनको भनाई छ ।
बन्गाड कुपिण्डेमा के कती विकासको गति अघि वढे नवढेको र नितीगत कुराका बारेमा कार्याक्रममा सहभागी वक्ताले सोधेको सवाललाई प्रष्ट पार्ने काम गरिएको थियो । सार्वजनिक सुनुवाई कार्याक्रममा शिक्षा,स्वास्थ्य,खानेपानी,प्रशासनीक दैनिक कार्या र हाललाई विनियोजित वजेटको विकासको गतिका विषयमा अलि वढि चासो दिईएको थियो । क्रमश एक पछि अर्को गर्दै नगर प्रमुख गोविन्द कुमार पुन,उपमेयर मञ्जु यरी,प्रशासकिया अधिकृत प्रेम प्रसाद आचार्य, लेखा अधिकृति प्रकास के.सी.योजना शाखाका हरिष तिरुवा,नगर शिक्षा अधिकारी रोम प्रसाद पाण्डे,स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेलले नागरिकले राखेका समस्या प्रति प्रश्नको जवाफ दीदै सुझाव संकलन गरी सवै वाचा पुरा गर्ने प्रतिवद्धता व्यक्त जाहेर गरिएको छ । कार्याक्रममा राजनैतिक दल,सरोकारवाला निकाय,वडा अध्यक्ष,नगर कार्यापालीका,अन्य कार्यालय प्रमुख सर्वसाधारण नागरिहरुको उपस्थिती रहेको थियो । कार्याक्रमको सहजीकरण हरपेलस सल्यानका रामचन्द्र रेग्मीले गरेको वताएको छ ।

प्रतिक्रिया