१ सय ४१ जना मोतिबिन्दु रोगीको उपचार

१ सय ४१ जना मोतिबिन्दु रोगीको उपचार

दैलेख–दैलेखको दुर्गममा रहेका १ सय ४१ जना मोतिबिन्दु रोगका बिरामीहरुले आँखाको नयाँ ज्योती पाएका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखको आयोजनामा गरिएको मोतिबिन्दु उपचारमा दैलेखको सेरी, अवलपराजुल, बेस्तडा र नौमूले क्षेत्रका बिरामीहरुको आँखाको शल्यक्रिया गरि उपचार गरिएको नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्रका प्रमुख प्रकाश शाहीले जानकारी दिएका छन् । रेडक्रस सोसाईटी सुर्खेत र आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग तथा डुङ्गेश्वर गाउँपालिकाको आर्थिक सहयोगमा माथिल्लो डुङ्गेश्वरमा आँखा अप्रेशन शिविर गरिएको थियो । शिविरमा डाक्टर नम्रता गुप्ता लगायतको टोलीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया