२० वर्ष पुराना गाडी आजबाट प्रतिवन्ध, अटेर गरे कवाडीमा लिलाम

        काठमाण्डौ समाचार एजेन्सी   |   प्रकाशित मितिः बिहिबार, चैत्र १, २०७४     ::: 333 पटक पढिएको   |  

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि चैत १ गतेदेखि हटाउने निर्णय गरिएको हो ।१ चैत, काठमाडौं । २० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई सरकारले आजबाट पूर्णप्रतिवन्ध लगाएको छ । यदि त्यसलाई बेवास्ता गर्दै २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने प्रयास थालेको थियो । तर, पूर्णरुपमा कार्यान्वयनमा आएको थिएन । त्यसैले नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो ।हाल देशभर २० वर्ष पुराना सवारी साधन साढे पाँच हजार रहेको विभागको अनुमान छ ।

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० को हाराहारीमा रहेको अनुमान छ ।

 



Leave a comment

Your email address will not be published.


*