ब्लड बैंक नहुँदा समस्या

ब्लड बैंक नहुँदा समस्या

रगतका लागि ‘मोबाइल ब्लड डोनरहरुकै’ भर


दैलेख –दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नं. ६ बस्ने मिना आचार्य सुत्केरी व्यथा लागेपछि दैलेख सदरमुकाममा रहेको जिल्ला अस्पताल पुगिन् । सजिलैसंग बच्चा नजन्मिएपछि शल्यक्रिया मार्फत बच्चा जन्माउनु पर्ने भयो । ब्लडका लागि सुर्खेत पुग्नु पर्ने बाध्यता एकातिर थियो भने अर्को तिर उनिसंग सुर्खेत जाने सक्ने सम्भावना पनि एकदमै कम थियो । तत्काल ब्लड आवश्यक परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सरोज पौडेलले ब्लड दिएर मिनाको ज्यान बचाए । यो ब्लड बैंक नुहँदाको आपतकालिन समस्या मात्रै हो । उनि जस्तै भगवतीमाई गाउँपालिका वडा नं ३ का क्यान्सर पिडित ११ वर्षिय कमल शर्मालाई प्रत्येक महिना नयाँ ब्लड दिनु पर्ने अवस्था छ । तर दैलेखमा ब्लड बैंक नुहुँदा समस्या परेको छन् । क्यान्सर पिडित शर्माको घरको आर्थिक अवस्थाले उनले ब्लडको जोहो गर्न पनि सक्दैनन् । भनेको समयमा आफन्तहरु पनि आउदैनन्् । धेरै पटक सुर्खेत तथा बुटवलसम्म पुगेर ब्लड लिएर आए । उनलाई सुर्खेतबाट धेरै पटक ब्लड ल्याएर दिइयो तर दैलेखमा ब्लड बैंकको सेवा नहुँदा आउन जान छुट्टै खर्च व्योहोनु पर्ने बाध्यता भएको उनको आफन्तहरुको गुनासो छ । जिल्लामा ब्लड बंैक नहुँदा धेरैले जोखिम मोलेर सुर्खेत क्षेत्रीय हस्पिटलमा धाउदै आएका छन् । जिल्लामा ब्लड बैंकको स्थापनका लागि सरोकारवाला निकायहरुले कयौ पटक ध्यानाकर्ष समेत गराए । तर अहिले सम्म ब्लड बैंक स्थापनाका लागि कुनै पहल थालनी नभएको स्थानीयको गनासो छ ।
‘दैलेखमा ब्लड बंैक नहुँदा प्रहरीले मात्र धेरैलाई मृत्युको मुखबाट बचाएको दैलेख प्रहरी प्रमुख डिएसपी सरोज पौडेलले बताए । सेना र प्रहरीले रगत दिएर धेरै विरामीहरुको ज्यान बचाएको उनले बताए ।
‘मोवाइल ब्लड डोनरहरु’ मार्फत विरामीहरुलाई चाहिने रगतको व्यवस्था गर्दै आएका जिल्ला अस्पताल दैलेखका प्रमुख डा. शोभित थापाले बताए । कर्मचारी र आवश्यक सामग्रीहरुको व्यवस्था जिल्ला स्वास्थ्य कार्यलयमा गरेका छौ, थापाले भने ‘रेडक्रस सोसाइटीले ब्लड बैंक संचालनका लागि आवश्यक पहल नर्गदा मोवाइल डोनरहरुको प्रयोग गर्दै विराहिरुलाई सेवा प्रदान गर्नुपर्ने बाध्यता छ ।’ब्लड बंैक नहुँदा पनि जिल्ला स्वास्थ्य कार्यालयमा आउने विरामीलाई सुर्खेत रिफर गर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।
भनेको बेलामा ब्लड दिने मान्छे नपाउँदा स्वाथ्यकर्मीहरुले नै रगत दिएर सहयोग गर्ने गरेको ल्याब असिस्टेन्ट खेमराज थापाले बताए । जिल्लामा ब्लड बंैक संचालन भएको भए विरामीलाई छिटो सेवा दिन सक्किन्थ्यो, थापाले भने ‘रगत चाहियो भन्दै हारगुहारा गर्न पर्दैनथ्यो ।’ स्वास्थ्यकर्मीहरुले नै हाल सम्म ४१ पोका रगत संकलन गरेर विरामीहरुलाई रगत दिएर बचाएको उनको भनाई छ ।
नेपाल रेडक्रस सोसाइटि दैलेखले प्रत्येक महिना रक्त संकलन शिविर संचालन गरेरै भएपनि ब्लड बैंकको स्थापना गर्ने बताएको छ । जिल्लामा ब्लड बैंकको स्थापना गर्न आफुहरुले पहल गरिरहेको नेपाल रेडक्रस सोसाइटी दैलेखका सभापति खेमराज केसीले बताए । हामी ब्लड बैंक स्थापना गर्न तत्पर छौ, केसीले भने ‘रगतको खपत नभए ब्लड ड्यामेज भएर जाने हुँदा संचालन गर्न गाह्रो भएको छ ।’ नारायण नगरपालिकाले आर्थिक सहयोग गरे छिटै ब्लड बैंकको स्थापना गरेर सेवा विस्तार गर्ने उनले जनाए । ११ वटा स्थानीय तह रहेको दैलेखमा ब्लड बैंक स्थापना गर्नका लागि सबै स्थानीय तहहरुले चासो दिनुपर्ने जिल्ला अस्पताल विकास समिति दैलेखका अध्यक्ष बास्ना थापाले बताइन ।

प्रतिक्रिया