उपसभामुख निर्वाचन आज, तुम्बाहाम्फे र भुसाल प्रतिस्पर्धामा

उपसभामुख निर्वाचन आज, तुम्बाहाम्फे र भुसाल प्रतिस्पर्धामा

२ चैत, काठमाडौं । उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे निर्वाचन हुनेछ ।उपसभामुखमा वाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार छन् । प्रतिनिधिसभामा वाम गठबन्धनको बहुमत भएकाले तुम्बाहाम्फे नै उपसभामुख निर्वाचित हुने पक्का छ । एमाले र माओवादी केन्द्रका १७४ सांसद छन् जबकी उपसभामुख निर्वाचित हुन १३८ मत भए पुग्छ । माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो ।

प्रतिक्रिया