पशु चौपायाको बासस्थान बन्दै राजमार्ग

पशु चौपायाको बासस्थान बन्दै राजमार्ग

सहबान अन्सारी
नवलपरासी चैत्र २- नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ४ स्थित बर्दघाटमा बाजारमा छाडा चौपायाहरुले राजमार्ग नै कब्जा गरी बस्दै आएका छन् । चौपायाहरुले दिनहुँ दर्जनौको संख्यामा बस्दै आएको स्थानियहरले गुनासो गरेका छन् । हरेक बर्ष स्थानिय निकायले छाडा चौपाया नियन्त्रण तथा ब्यवस्थापनका लागी ठुलो रकम बिनियोजन गरेपनि प्रभावकारी भने हुन सकेको छैन । छाडा रुपमा छोडिएका पशु चौपायाका कारण सडक दुर्घटनाहरु हुँदै आएका छन् ।

जिल्लामा दुर्घटना न्युनिकरणका लागी बिभिन्न किसिमको सचेतना मुलक कार्यक्रम चल्दै आएपनि उक्त ठाँउमा न्युनिकरण शुन्य अवस्थामा रहेको देखिन्छ । चौपाया नियन्त्रण तथा ब्यवस्थापनका लागी बिभिन्न संचार माध्यमहरुमा पटक–पटक समाचार प्रकाशन भएपनि स्थानिय प्रशासन, नगरपालिका, तथा सम्बन्धित निकायहरुको ध्यान पुग्न सकेको छैन । नेपालको सबभन्दा ठुलो महेन्द्र राजमार्ग भएको हुदाँ सवारी चाप बढी हुने गरेकोले सवारी साधन, यात्रुहरुलाई चौपायाका कारण दुर्घटनाको सिकार बन्ने सम्भावना बढेको छ । साथै ट्राफिक ब्यवस्थापनलाई चुनौती थपिएको छ ।

प्रतिक्रिया