दुल्लु अस्पतालमा विलभरपाई नराखी खर्च

दुल्लु अस्पतालमा विलभरपाई नराखी खर्च

दैलेख । दुल्लु अस्पतालले कर्मचारीको तलवदेखी कार्यक्रमको खर्च गर्दा विलभरपाई नराखेको पाईएको छ । लेखा परिक्षण प्रतिवेदन २०७२/०७३ सार्वजनिक गरे अनुसार दुल्लु अस्पतालमा कर्मचारी तलवदेखी कार्यक्रम खर्चमा विलभरपाई नराखी खर्च गरेको पाईएको हो ।

 

आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६(३) अनुसार खर्चको विलमा भरपाई पेश हुनुपर्छ तर, १ लाख ४३ हजार ४ सय ७१ रुपैँया तलव, विभिन्न शिर्षकमा रु २ लाख ६९ हजार ४४ रुपैँया, सेवा शुल्क शिर्षकमा १ लाख ७९ हजार, एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रममा रु २६ हजार ९ सय २ रुपैँयाको विलभरपाई नराखी खर्च गरेको लेखा परिक्षण प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले भनेको छ – ‘विलभरपाई नराखी नियम विपरित गरेको खर्च छानविन गरि स्पष्ट हुनुपर्दछ ।’

निजामती सेवा ऐनको दफा ७ (ख) २ बमोजिम बार्षिक रुपमा सम्वन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयले तलवी प्रतिवेदन पारित गरेर मात्र तलव भत्ता भुक्तानी हुनुपर्नेमा तलवी प्रतिवेदन पारित नगरि ६२ लाख ४१ हजार ७ सय ५४ रुपैँया खर्च गरेको पाईएको छ । त्यस्तै अस्पतालमा आर्थिक कार्यविधि नियमावली अनुसार जिन्सी निरिक्षण प्रतिवेदनमा उल्लेख भएको ब्यहोराको कार्यान्वयन हुनुपर्नेमा नगरेको पाईएको छ । आयकर ऐन २०५८ को दफा ८७ बमोजिम परिश्रमिक आयमा अग्रिम कर कटटी गरि दाखिला गर्नुपर्नेमा चाडपर्व, पोशाक भत्ता, लगायतका खर्चमा राजश्व दाखिला नगरेको पाईएको छ ।

जिन्सी दाखिला कार्यालयले १ लाख ३९ हजार ६ सय ११ रुपैँया मुल्य बरवारको पोलीथीन ट्याङकी लगायतका सामानहरुको दाखिला नभएको र प्रमाण नराखी खर्च गरेको पाईएको    छ । उक्त खर्च असुल सम्वन्धीतबाट असुल गर्नुपर्ने लेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ । अस्पताल सुदृढिकरण शिर्षकबाट उपलब्ध रकम २ लाख ९० हजार रुपैँया खर्चको फाटबारी उपभोग स्पष्ट नभएको र लोख परीक्षण गरी स्पष्ट हुनुपर्ने औल्याईएको छ ।

औषधी खदिरमा बढी दर देखीएको छ । औषधी आपुतीले सम्झौताको दरभन्दा बढी नहुने गरि औपाधी खरिद गर्नुपर्नेमा एक आपूर्तीकर्ताले एक प्रकारको औषधी प्रति ट्याब्लेट १ रुपैँया ८० पैसा खदिर गर्नुपर्नेमा ६ रुपैँया ८० पैसाका दरले खरिद गर्दा २५ हजार रुपैँया बढी भुक्तानी भएको देखीएको छ ।

दुल्लु अस्पतालका प्रमुख डा. लालबहादुर गुरुगले आफु आउनुअघि लेखापरिक्षणबाट विलभरपाई नभएको प्रतिवेदन देखीएको स्विकार गरेका छन् । ‘म आउनु अघि कार्यरक्त हाकिम सावको पालामा विलभरपाई विना भुक्तानी भएको लेखापरिक्षणले देखाएको छ ।’

दुल्लु अस्पताल प्रमुख डा. गुरुगले भने, अतिरिक लेखा परिक्षण र महालेखा परिक्षण प्रतिवेदनले देखाएपछि अहिले केही रकम फच्र्यौट गरेको छु ।’ उनले अस्पतालले दायित्व लिएर केही रकम फच्यौट भएपनि धेरै रकम फच्र्यौैट हुन बाँकी रहेको बताए । फच्र्यौटका लागि उति बेलाका प्रमुख र लेखालाई पत्रचार गरेको डा.गुरुगको भनाई छ ।दुल्लु अस्पतालमा हाल जम्मा दरवन्दी २१ जना रहेको मध्ये मे.सु.१, स्टाफ नर्स–१,अ.न.मि.१ र का.स.२ समेत ५ जना कर्मचारी रिक्त रहेको छ । मेडिकल अफिसर १ जना र अ.न.मी.१ जना मन्त्रालय र क्षेत्रीयबाट करारमा पठाएको र अ.हे.व.चौंथो १ जना फाजिलमा रहेको छ । दरवन्दी अनुसार कर्मचारीको पदपूर्ति नभएकाले सेवा प्रभावकारी हुन सकेको छैन् । paschiamnepal.

 

प्रतिक्रिया