पार्वती बिशुन्के नेपालकै कान्छी सांसद

पार्वती बिशुन्के नेपालकै कान्छी सांसद


दैलेख, चैत ३ – प्रतिनिधिसभाका सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसद भन्दा कम उमेरकी सांसद हुनुभएको छ । नेकपा एमालेको तर्फबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य बन्नु भएकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ । संसद सचिवालयको अभिलेख अनुसार प्रतिनिधिसभा, राष्ट्रिय सभा र ७ वटै प्रदेशका प्रदेशसभा सदस्यहरु समेत ८ सय ८४ जना मध्ये बिशुन्के सबैभन्दा कम उमेरको सांसद बन्नुभएको हो । उहाँ दैलेखको नारायण नगरपालिका वडा नंं. १ निवासी हुनुहुन्छ । एसएलसी उत्र्तीण गरेलगत्तै बालविकास केन्द्रको सहयोगी कार्यकर्ताबाट सुरुवात गर्नुभएको १५ वर्षको समाजसेवापछि पहिलो पटक जनप्रतिनिधिको भूमिकामा प्रतिनिधित्व गर्नुभएको हो ।

प्रतिक्रिया