बाल विवाह गर्नेको संख्या बढ्दो

बाल विवाह गर्नेको संख्या बढ्दो

चैत्र ६ दैलेख-जिल्लामा बाल बिवाह न्यूनिकरण गर्नका लागि बिभिन्न अभियान संचालन भएपनि बाल बिवाह बढ्दो क्रममा भएको पाइएको छ । केड सुर्खेतको आर्थिक सहयोग र महिला सशक्तिकरण मञ्च नेपाल दैलेखको सहजीकरणमा संचालन भएको महिला किशोरी तथा बाल अधिकार कार्यक्रम अन्तर्गत सर्बेक्षण गर्दा बाल बिवाह गर्ने जोडीहरु उल्लेख्य मात्रामा भएको पाइएको हो । बाल बिवाह न्यूनिकरणका जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाहरुले बिभिन्न अभियान चलाएपनि बाल बिवाह गर्न घरका अभिभावकले नै सहमती दिने भएपछि बाल बिवाह गर्नेको सख्यामा कमी नआएको पाइएको छ ।
बालबालिका लाई घरका अभिभावकले बाल बिवाह गर्दा हुने समस्या र बाल बिवाह गर्दा हुने कानुनी सजायका बारेमा जानकारी नपाउदा जिल्लामा बाल बिवाह गर्नेको सख्यामा कमी नआएको एक सर्बेक्षणले देखाएको छ । दुल्लू नगरपालिका वडा नं. ११ की अमृता तिवारीले बाल बिवाहका बारेमा आफुलाई जानकारी नभएका कारण पनि बाल बिवाह हुने गरेको बताइन । उनले घरमा श्रीमान काम गर्ने नसक्ने र भएका छोरीहरु सबैले बिवाह गरि गएपछि आफुहलाई सहयोग गर्ने उद्देश्यले छोराको बिवाहा भएको बताइन । छोराको उम्मेर पुगेपनि बुहारीको उम्मेर पुगेको थिएन अहिले उम्मेर पुग्यो २ वर्ष बिवाह भएपनि बुहारीलाई निरन्तर बिद्यालय पठाएको बताइन । बिहान बेलुका काममा सघाए पनि दिनमा विद्यालयमा जान सासु सुराले नै आफुलाई प्रेरित गरेको चमेली तिवारीले बताइन । पहिलाको जमनामा १३ वर्षको उम्मेरमै परिवारका सदस्यहरुले सहमतीमा छोरी दिने गरेको भन्दै अहिले समय परिवर्तन भएको बताइन । छोराको बिवाह गर्दा बाल बिवाहका बारेमा जानकारी थिएन अव कान्छो छोराको बिवाह २१ बर्ष पुगेपछि मात्र गर्न हो । दुल्लू नगरपालिका, कालभैरव,गौरी, गमौडी,मालिका र भगवतीमाई गाउँपालिकाको वडाभैरव, डुङ्गेश्वर गाउँपालिकाको लाकुरी, डाँडापराजुलमा बाल बिवाह गर्नेको सख्यामा गत वर्ष भन्दा कमी नआएको पाइएको छ ।बाल बिवाह बढ्नुको प्रमुख कारणमोवाइल,देखा सिकी,अभिभावको दवाव गरिवी, अशिक्षा, समाजिक संस्कार, काुननी अज्ञानता, लगायतका कारणले बाल बिवाह हुने गरेको पाइएको छ । जिल्लामा महिला सशक्तिकरण, एभरेष्ट क्लव,समाजिक सेवा केन्द्र, महिला तथा बालबालिका कार्यालय लगायतले बाल बिवाह न्यूनिकरण लागि बिभिन्न अभियानहरु चलाएका छन । पछिल्ला दिनमा बाल बिवाह न्यूनिकरणका लागि बिभिन्न सचेतना मुलक कार्यक्रम संचालन भएपनि त्यसको न्यूनिकरण हुन नसकेको नागरिक समाजका अगुवाले बताएका छन । नेपाल बारका जिल्ला अध्यक्ष यामराज थापाले जिल्लामा बाल बिवाह न्यूनिकरणका लागि धेरै प्रयास भएपनि कानुनी प्रवधान बारेमा स्थानीय स्तरमा जनचेतना अभावका कारण पनि बाल बिवाह हुने गरेको बताए । राज्यले बाल बिवाह र छाउपडि प्रथाका बारेमा पाठ्यक्रममा समावेश गर्नुपर्ने महिला सशक्तिकरण मञ्च नेपालकी अध्यक्ष सुनिता चन्दले बताइन । उनले गैससले बाल बिवाह र छाउँपडि प्रथा उन्मुलनका लागि अभियान चलाएपनि परियोजनाको म्याद सकिने र त्यस पछि स्थानीय तहले कार्यक्रम बनाएर निरन्तरता दिनु पर्ने बताइन । दैलेख जिल्लामा बाल बिवाह गर्नेको सख्या करिव ७ सय भन्दा बढि छ ।

प्रतिक्रिया