चामुण्डामा कुकुर अांतक, आमा-छोरा घाईते

चामुण्डामा कुकुर अांतक, आमा-छोरा घाईते

चामुण्डा (दैलेख) ।  बौलाह कुकुरको टोकाईबाट एकै घरका आमा छोरा  घाईत भएका छन । कुकुरको टोकाईबाट अाज चामुण्डाविन्द्रासैनी नगरपालिका–१ आख्रेनीका ४९ वर्षिया दुर्गा पौडेल र उनका १३ वर्षिय छोरा शिवप्रसाद पौडेल गम्भिर घाईतेका भएका हुन ।

उनीहरुलाई हाल उपचारलाई भैरवी गाउँपालिकाको डाँडामाडी पठाईएको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रंगबहादुर तामाङले जानकारी दिए । अहिलेसम्म ७ भैसी, ३ गाई, एउटा बाख्रा र एउटा कुकुरलाई समेत टोकिसकेको बताईएको छ । बौलाह कुकुरबाट घाईते भएका चौपाएहरुलाई रेभिज लगाउनका लागि जिल्ला पशु सेवा कार्यालयलाई नगरपालिकाले अनुरोध गर्ने अध्यक्ष तामाङ्गले बताए ।

 

 

 

 

 

प्रतिक्रिया