विद्यार्थीले घरबाटै उत्तरपुस्तिका लेखेर ल्याएपछि

विद्यार्थीले घरबाटै उत्तरपुस्तिका लेखेर ल्याएपछि

हिक्मत नेपाली
दैलेख –दैलेख आठवीस नगरपालिका वडा नं. ५ पिपलकोटमा रहेको दिप माध्यामिक विद्यालयमा पश्न पत्र बाहिरिएको छ । पश्न पत्र बाहिरिएपछि विद्यार्थीहरुले घरबाटै उत्तर पुस्तिका लेखि ल्याएर परिक्षामा सहभागि भएको तथ्य बाहिरिएको हो । चैत्र १ गते देखि संचालन भएको स्रोत केन्द्र स्तरिय कक्षा ८ बाहेक कक्षा १ देखि ९ सम्मको परीक्षाको पश्न पत्र बाहिरिएको तथ्य फेला परेको हो । पश्न पत्र बाहिरिएको बारे बुझ्दा विद्यालयमा प्रधानाध्यापक याम बहादुर थामीले प्रश्न पत्र बाहिरिएको स्विकार गरे । उनले भने “म दैलेख सदरमुकाममा थिए,मंगलवार मात्रै विद्यालयमा विद्यालयमा आइपुग्दा पश्न पत्र बाहिरिएको कुरा पत्ता लागेको छ ।”उनका अनुसार विद्यार्थीहरुबाटै पश्न पत्र बाहिरिएको भन्ने आएको छ, थामीले भने “ बार्षिक परिक्षामा कक्षा ९ को पश्न पत्र बाहिरिएको बारे विद्यालयका २ जना विद्यार्थीहरुले पनि बताएका छन् । ” उनका अनुसार कक्षा ९ का ३ जना विद्यार्थीहरुले घरबाटै उत्तर पुस्तिका ल्याएर परिक्षामा सहभागि भएको पाइएको छ । तिन जना विद्यार्थीहरुको उत्तर पुस्तिका छुट्टै राखेर छानवीन अगाडी बढाएका छौ ।” यस्तै उक्त तथ्य बारे विद्यालयका कार्यालय सहयोगी धन बहादुर मिजार संग बुझ्दा केहि दिन अगाडी विद्यालयका प्रअ याम बहादुर थामीले मालाचौरको एउटा पसलमा पश्न पत्र ल्याएर राख्नु भएको थियो, त्यसको भोलीपल्ट म आफै गएर पश्न पत्र लिएर आएँ । पश्न पत्रको पेटी खोलिएको थिएन् । विद्यालयमा ल्याएर आएपछि प्रअ याम बहादुर थामी सरले कस्ता पश्नहरु आएका रहेछन् भन्दै प्रश्न पत्र राखिएको पेटी खोल्नु भयो, उनले भने “सरले प्रश्न पत्र खोलेपछि विद्यालयका शिक्षक राजेन्द्र कर्णेल सर र मैले पश्न पत्र गनेका हौ ।” कार्यालय सहयोगी धन बहादुर मिजारले भने “विद्यालयको प्रश्न पत्र बाहिरिएपछि विद्यालयका अन्य शिक्षक सरहरुले प्रधानाध्यापक याम बहादुर थामी र मलाई आरोप लगाउनुभएको छ । ” उता स्रोत व्यक्ति विष्णृु पाठकले आफु मंगलवार मात्रै दैलेख सदरमुकामबाट आठवीस आइपुगेको बताएका छन् । उनले यहाँ आउने वित्तीकै परिक्षाको पश्न पत्र बाहिरिएको कुरा थाहा पाएको बताए । उनले प्रश्न पत्र बाहिरिएको बारे सत्थ तथ्य छानवीन गरेर कार्बाही प्रक्रिया अगाडी बढाइने बताए । छानवीन प्रक्रिया अगाडी बढाएका छौ, उनले भने विद्यालयमा प्रधानाध्यापक याम बहादुर थामी सरलाई नयाँ पश्न पत्र बनाएर परिक्षा संचालन गर्न भनेको छु ।” विद्यार्थीहरुले घरबाट लेखेर ल्याएको उत्तरपुस्तिकामा विद्यालयको छाप समेत लगाइएको छ । नाम नखुलाउने शर्तमा एक शिक्षकले भने ।

प्रतिक्रिया