बाल विवाहकै कारण विद्यालय छोड्छन् किशोरी

बाल विवाहकै कारण विद्यालय छोड्छन् किशोरी

ज्वाला संदेश अनलाइन
दैलेख– दुल्लू नगरपालिका वडा नं.१२ की मनिसा नेपाली (नाम परिवर्तन) कक्षा ६ पढ्दै गर्दा विवाह गरिन् । विवाह पश्चात घर परिवारका सदस्यले प्रहरीमा खवर गरे । प्रहरीमा खवर भएपछि प्रहरीले उनी र केटालाई जिल्ला प्रहरीमा ल्याएर आ–आफ्नो घरमा बस्ने सहमतिमा घर फिर्ता गरे । जिल्ला प्रहरीबाट आ–आफ्नो घरमा जाने सहमतिमा घर गएका उनी केहीदिन नबित्दै पुन घर परिवारको सल्लाहामा उनी घर गइन । कक्षा ६ मा पढ्दै गरेकी उनी विवाह पश्चात आफ्नो लाज हुने डरले विद्यालय भर्ना समेत भइन् । उनले भनिन् “घरमा आमा बाहेक अरु काम गर्ने कोही छैन, श्रीमान काम गर्न भारत जानु पर्छ, त्यस कारण पनि विद्यालय जान सकिन् ।”
श्रीमानले विद्यालयमा पढाउन खोजे पनि घरको काम धन्दाले उनलाई विद्यालय जाने पुर्सद नपाएपछि उनी पढ्नबाट बञ्चित भएकी हुन । उनका श्रीमानले भने “भएका दाई सबैले विवाह गरेर अलग बस्नु भयो, आमा बिरामी हुनुहुन्छ घरमा खाना पकाएर खान दिने कोही छैन । ” “बुबाले लगाएको पहिलाको ऋण तिर्न आफु लगातार ७ बर्ष देखी भारतमा मज्दुरी गर्न भारत जानु पर्ने भएकाले आफुले सानै उम्मेरमा बिवाह गरेको बताए । घरमा आमाको हेरचाहाका लागि पनि बिवाह गर्न बाध्य भएको बताए ।
उनी जस्तै दुल्लू नगरपालीका वडा न ११ की कामना नेपाली (नाम परिर्वतन) कक्षा ८ पढ्दै बिवाह गरिन । बिवाह गरेको केही महिना श्रीमान भारत गए सानै उम्मेरमा बिवाह गरे पछि घरको काममा नै ब्यस्त हुने समस्याका कारण विद्यालयन जान नपाइने भएपछि उनलाई विवाह गरेकोमा पछुतो लाग्ने गरेको छ । समाजमा एक पछि अर्को बाल विवाह हुन प्रमुख कारण देखासीकी र गरिवी हो । घरमा आर्थिक अबस्था कम्जोर भएका घर परिवारमा सानै उम्मेरमा बाल विवाह हुने गरेको पाइएको छ । छोरीलाई विद्यालय पठाउनु पर्छ भन्ने आम अभिभावमा जानकारी भएपनि आर्थिक अभावका कारण सानै उम्मेरमा विवाह गर्दा परिवारमा आर्थिक भार कम पर्ने भएपछि घरका अभिभावक समेत बाल बिवाह गर्दा समेत सहमती गर्ने गरेको पाइएको छ । बाल विवाह बढ्नुको कारण बारे केड सुर्खेतको आर्थिक सहयोग र महिला सशक्तिकरण मञ्च नेपाल दैलेखको सहजीकरणमा संचालन भएको महिला किशोरी तथा बाल अधिकार कार्यक्रम संचाल भएका साबिकका गाबिसमा अनुसन्धन गर्ने क्रममा यस्तो भेटिएको हो । शिक्षित ब्यक्ति भएकैे घरमा समेत बाल विवाह हुने गरेपछि अन्य साधारण लेखपढ भएको घरमा त्यसको देखासिकीका कारण बाल विवाह हुने गरेको छ । पाइएको हो विवाह पश्चात केही किशोरी अभिभावकले विद्यालय पठाए पनि धेरै किशोरी बिवाह पश्चात विद्यालय जानबाट बञ्चित भएका छन् ।

प्रतिक्रिया