काममा ढिलासुस्ती रोक्न गुराँस गाउँपालिकामा सिसि टिभी जडाड

काममा ढिलासुस्ती रोक्न गुराँस गाउँपालिकामा सिसि टिभी जडाड

टेकराज केसी
दैलेख ७ चैत- दैलेख गुराँस गाउँपालिकाले कार्यालयमा हुने कामलाई प्रभावकारी र मर्यादित बनाउन सिसि टिभी जडान गरेको छ । कर्मचारीको कार्य प्रती निगरानी गर्न तथा सेवाग्राहीलाई समयमा सेवा उपलब्ध गराउन सिसि टिभी जडान गरिएको हो । सिसि टिभी जडान पश्चात कर्मचारीले काम गरेको नगरेको प्रति रेकर्ड रहने तथा सेवा लिन आउने सेवाग्राहीले के कस्ता कार्य गरि रहेको छ भन्ने जानकारी प्राप्त हुने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा कर्मचारीहरुको काम प्रति जनगुनासो बढ्न थालेपछि सिसि टिभी जडान गरिएको हो ।

सिसि टिभीबाट कर्मचारीहरुको कामको मुल्याङ्कन आफैले गर्ने अध्यक्ष ओलीले जानकारी दिए । गाउँपालिकामा कुनै व्यक्तीबाट अपराधिक कार्य हुन सक्ने भन्दै अध्यक्ष ओलीले गाउँपालिका कार्यालयलाई सुरक्षाको महसुस बनाउन पनि सहयोग पुग्ने बताए । गाउँपालिकाले कार्यालयमा यसअघि विद्युतिय हाजिरी समेत जडान गरि सकेको छ । यो हाजीरी शुरु भएपछि कर्मचारीहरु समयमै कार्यालय आउन थालेको अध्यक्ष ओली जानकारी दिए । गाउँपालिका भरका विद्यालय तथा वडा कार्यालयमा पनि विद्युतिय हाजिरी शुरु लागिएको भन्दै अब कुनैपनि कर्मचारीले ढिला सुस्ती गर्न नसक्ने ओलीले दाबी गरे । पहिलो चरणमा विद्यालय र वडा कार्यालयमा विद्युतिय हाजिरी शुरु गर्ने भन्दै उनले त्यसपछि अन्य कार्यालयमा पनि यो हाजिरीको शुरुवात गरिने बताए । उनका अनुसार गाउँपालिकाका सबै विद्यालय र कार्यालयमा केहि समयपछि सिसि टिभि जडान गर्ने योजना छ ।

प्रतिक्रिया