मुना मन्टेश्वरीको छठौं बार्षिक उत्सव, सोसेक सम्मानित

मुना मन्टेश्वरीको छठौं बार्षिक उत्सव, सोसेक सम्मानित


दैलेख– दैलेख सदरमुकाममा संचालन भइरहेको मुना मन्टेश्वरी स्कुलले आफ्नो छठौं बार्षिक उत्सव मनाएको छ । बिहीवार जिल्ला समन्वय समिति दैलेखको हलमा एक कार्यक्रमको आयोजना गरि छैटौ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न गरेको हो । नारायण नगरपालिका दैलेखकी उपप्रमुृख सावित्री मल्लको प्रमुृख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालबालिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । मुना मन्टेश्वरी स्कुलले अहिले ९० जना बालबालिकाहरुलाई अध्यापन गराइरहेको स्कुलकी प्रमुख रमा प्याकुरेलले जानकारी दिनुभएको छ । मुना मन्टेश्वरी स्कुलमा आगामी दिनहरुमा बालबालिकाहरुका लागि नयाँ नयाँ प्रविधिहरु भित्¥याएर बालबालिकाहरुको शैक्षिक गुणस्तर बृद्धि गरिने प्याकुरेलले जानकारी दिनुभयो । कार्यक्रममा बोल्ने अतिथीहरुले स्कुलको प्रगतीको शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता गोविन्द प्याकुरेलले गरेका थिए । यसैविच मुना मन्टेश्वरी को बार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल देलेखले बालकालिकाको विषयका गरेको कामको उच्च मुल्याकंन गर्दै संस्थालाई सम्मान पत्र प्रदान सहित सम्मान गरेको छ । सम्मान पत्र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित महिला तथा बालबालिका केन्द्रकी संयोजक रमा श्रेष्ठले ग्रहण गर्नुभएको थियो । कार्यक्रममा विभिन्न माध्ययमबाट बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया