गुराँस गाउँपालिकाको दोश्रो गाउँसभा एक दर्जन ऐन, कार्यविधि पारित

टेकराज केसी
दैलेख, ९ चैत- दैलेखको गुराँस गाउँपालिकाले दैलेख जिल्लामै पहिलो पटक विभीन्न १२ वटा ऐन, कार्यविधि र पास गरेको छ । बिहिबारबाट शुरु भएको दोस्रो गाउँसभाले विभिन्न ऐन र कार्यविधि पास गर्दै विभीन्न समितिहरुलाई पूर्णता दिएको हो । गाउँसभा तथा विद्येयक अधिवेशनबाट स्थानिय स्वास्थ्य तथा सरसफाई ऐन, पूर्वाधार विकास ऐन, सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, शिक्षा ऐन र आर्थिक कार्यविधि नियमीत तथा व्यवस्थित गर्न बनेको ऐन पास गरिएको गुराँस गाउँपालिकाले जनाएको छ ।
यस्तै,आर्थिक साहयता कार्यविधि, कृषि कार्यविधि, पशु कार्यविधि पनि पारित गरेको गाउँ पालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । यस्तै, नेपालकै नमुना कार्यक्रममा पर्ने जीवन शुरक्षा कोष कार्यविधि पनि पास गरिएको अध्यक्ष ओलीले जानाकारी दिए । गाउँपालिकामा विधिको शासन सञ्चालनका लागि ऐन र कार्यविधिले महोत्वपूर्ण भुमीका खेल्ने गाउँपालिकाका अध्यक्ष ओलीले जानकारी दिए ।
नेपालको संविधान २०७२ अनुसार अब पास भएका ऐन र कार्यविधि गाउँपालिकास्तरको राजपत्रमा प्रकाशित गरीनेछ । त्यसपश्चात कार्यन्वयनमा लगिने छ । राजपत्रमा प्रकाशित भएका ऐन र कार्यविधि प्रदेश सरकार र केन्द्र सरकारमासमेत उपलव्ध गराउने व्यवस्था छ । जारी गाउँसभाले गाउँपालिकाको केन्द्रका विषयमा व्यापक छलफल शुरु गरेको छ । केन्द्रका विषयमा कार्यपालिकाले यसअघि नै चुनावमा जाने घोषणा गरीसकेको छ । तर सहमतीका आधारमा केन्द्र निर्धारण गर्नुपर्ने अधिकाँस गाउँसभा सदस्यले बताएका छन् ।
प्रतिक्रिया