गुराँस गाउँपालिकाको केन्द्र घोडाबास तोकियो

गुराँस गाउँपालिकाको केन्द्र घोडाबास तोकियो

दैलेख, १० चैत- दैलेख गुराँस गाउँपालिकाको केन्द्र घोडाबास तोकिएको छ । सहमतीमा केन्द्र निर्धारण हुन नसकेपछि निर्वाचनबाट केन्द्रको टुङ्गो लगाइएको हो ।  केन्द्रको लागि दुइवटा स्थानलाई विकल्प बनाएर मतदान गरिएको थियो । ४४ जनाले मतदानमा भाग लिएका थिए । केन्द्रका विषयमा मतदान भए दुइ तिहाई हुन एक भोट नपुगे गाउँपालिका अध्यक्षको मत निर्णायक हुने व्यवस्था छ ।


केन्द्र निर्धारणको लागि रानिमत्ता र घोडाबास विकल्प दिइएको थियो दुइवटै विकल्पमा दुइतिहाई आउन नसकेपछि पुरानै ठाउँ घोडाबासमा नै केन्द्र निर्धारण गरिएको हो ।
आज भएको निर्वाचनमा रानिमत्ता केन्द्र हुनुपर्छ भन्ने पक्षमा २४ मत परेको थियो भने घोडाबास केन्द्र हुनुपर्छ भन्ने पक्षमा १९ मत परेको थियो । तर गाउँपालिका अध्यक्षको मत निर्णायक हुने भएकाले अध्यक्षको मत गणना भएन् । संविधानमा भएको व्यवस्था अनुसार स्थानिय तहको केन्द्र एक ठाउँबाट अर्को ठाउँमा लिदा गाउँसभाका सदस्यको दुइतिहाई मत आवश्यक पर्छ ।  केन्द्र पक्का हुने भएपछि विरोध गुराँसे क्षेत्रभित्र विरोध र घोडाबास क्षेत्रका व्यक्तीहरुले स्वागत गरेका छन् ।

प्रतिक्रिया