वडा शिक्षा कार्ययोजना निर्माण गर्न कार्यशाला गोष्ठि

वडा शिक्षा कार्ययोजना  निर्माण गर्न कार्यशाला गोष्ठि

दैलेख–गुरास गाउँपालिकाको वडा नं. ६ पिलाडी र वडा नं. ३ मा वडा शिक्षा कार्ययोजना निर्माणका लागि कार्यशाला गोष्ठि सम्पन्न भएको छ । गुराँस गाउँपालिका स्तरिय शिक्षा निती निर्माण लगत्तै वडा स्तरिय शिक्षा कार्ययोजना निर्माणका लागि कार्यशाला गोष्ठि सम्पन्न भएको हो । गुराँस गाउँपालिका स्तरिय निर्माण गरिएको शिक्षा निती अनुसार वडा स्तरिय ५ बर्षे शिक्षा कार्ययोजना निर्माण गरिएको हो ।
गोष्ठिमा निर्वाचित जनप्रतिनीधि, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, बाल क्लबका पदाधिकारीहरु, स्रोत व्यक्ति लगाएतको सहभागिता रहेको थियो ।
गोष्ठिले गुराँस गाउँपालिकामा निर्माण गरिएको शिक्षा कार्यनिती २०७४ को आधारमा वडा शिक्षा कार्ययोजना निर्माण गरेको छ । गुराँस गाउँपालिका स्तरिय शिक्षा निती निर्माणका लागि गरिएको कार्यशाला गेष्ठिको सहजिकरण शिक्षा विद् प्रोफेसर डा. विद्यानाथ कोइरालाले गरेका थिए भने वडा स्तरिय शिक्षा कार्ययोजना निर्माणका लागि भएको कार्यशाला गोष्ठिको सहजिकरण शिक्षा मन्नत्रालयका उपसचिव तथा राष्ट्रिय परिक्षा वोर्डका कोहलपुरका प्रमुख गिरमान थापाले गरेका थिए । सेभ द चिल्ड्रेन र सोसेक नेपाल दैलेख द्धारा संचालित सहयात्रा परियोजनाको सहयोग, वडा कार्यालयको आयोजना तथा गुराँस गाउँपालिकाको समन्वयमा गोष्ठि सम्पन्न भएको हो ।

प्रतिक्रिया