पर्यटन मन्त्री बुढाले गरे सुर्खेत विमानस्थलको निरीक्षण

पर्यटन मन्त्री बुढाले गरे सुर्खेत विमानस्थलको निरीक्षण

पूर्वाधारको व्यवस्थापन गर्न नर्देशन

 

१३ चैत, सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सुर्खेत विमानस्थलको निरीक्षण गरेका छन् । उनले उडान भर्नाको लागि आवश्यक पर्ने सबै पूर्वाधारको तयार पूरा गर्न सुर्खेत नागरिक उड्डय कार्यालयलाई निर्देशन दिएका छन् । मन्त्री बुढाले विशेष गरी ‘रारा पर्यटन वर्ष २०७४’ लाई ध्यानमा राखी उडान भर्न चाहिने पूर्वाधारको व्यवस्था गर्न अनुरोध गरे ।प्रदेशको राजधानी सुर्खेतदेखि काठमाडौं सिधा उडान सेवा सञ्चालन हुने भएपछि विमानस्थलको अवस्था बुझ्न मन्त्री बुढाले अवलोकन गरेका हुन् ।

यता सुर्खेत विमानस्थलका कार्यालय प्रमुख विनोदकुमार पन्तले विमानस्थलका लागि सबै तयारी पुरा भैसकेको बताए । आगामी बैशाख १ गतेदेखि बुद्ध एयरले सुर्खेत-काठमाडौं सिधा उडान भर्ना लागेको छ ।

प्रतिक्रिया