बाल क्लब गठन

बाल क्लब गठन

दैलेख चैत्र १५–गुराँस गाउँपालिकाको वडा नं. ३ सेरीको विभिन्न टोलमा बाल क्लब गठन गरिएको छ । छाउपडि प्रर्था र बालबिबाह विरुद्ध अभियान संचालनका लागि ६ वटा बाल क्लब गठन गरिएको हो । ६ वटा बाल क्वबहरुमा समाज सुधार बाल क्लब, सगरमाथा बाल क्लब, देउती बाल क्लब, हिमाली बाल क्लब, चेतनशिल बाल क्लब र जुनतारा बाल क्लब रहेका छन् । हिरा विसीको अध्यक्षतामा गठन गरिएको समाज सुधार बाल क्लब ११ सदस्यीय रहेको बताइएको छ । यस्तै मन कुमारी वि.क.को अध्यक्षतमा गठन गरिउको सगरमाथा बाल क्लब ९ सदस्यीय रहेको छ । कैलाश शर्माको अध्यक्षतामा गठित देउती बाल क्लब ९ सदस्यीय तथा राम कुमारी वि.क.को अध्यक्षतामा गठित हिमाली बाल क्लब ९ सदस्यीय रहेको बताइएको छ । धन कुमारी वि.क.को अध्यक्षतामा गठित चेतनशिल बाल क्लब ९ सदस्यीय र अञ्जु सिजापति मगरको अध्यक्षतामा गठित जुनतारा बाल क्लब ९ सदस्यीय रहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख अन्तरगतकी छाउपडि अभियान्ता इन्द्रा खड्काले जानकारी दिनुभएको छ । उनका अनुसार गठित बाल क्लबहरुले समुदायमा रहेका बाल विवाह अन्त्य तथा छाउपडि प्रर्था विरुद्ध काम गर्ने खड्काले जानकारी दिनुभयो । बाल क्लब गठन कार्यक्रममा अभियान्ता मनिषा खड्का समेत सहभागि रहेको बताइएको छ ।

प्रतिक्रिया