छाउपडि प्रर्था विरुद्ध अभियान संचालन

छाउपडि प्रर्था विरुद्ध अभियान संचालन

दैलेख चैत्र १५-दैलेख जिल्लामा रहेको छाउपडि प्रर्था विरुद्ध अभियान थालिएको छ । महिला तथा बालबालिका कार्यालय दैलेखको अगुवाईमा उक्त अभियान संचालन गरिएको हो । अभियान अन्तरगत बुधवार दैलेखको आठवीस नगरपालिका वडा नं. ५ को मालाचौरमा छाउपडि प्रर्था विरुद्ध अन्तरपुस्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । महिला तथा बालबालिका कार्यालय दैलेखको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा छाउपडि प्रर्थाको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय दैलेखकी महिला विकास अधिकृत पवित्रा पुरीले मुलुकले आधुनिक प्रविधिसंगै फड्को मारीरहेको अवस्थामा समाजमा विभिन्न कुसंस्कृती तथा कुरीतिले जडो गाडेको भन्दै यसले धेरै महिलाहरुले अल्पआयुमै ज्यान गुमाउनु परेको तितो सत्य समाजमा रहेको भन्दै यसका विरुद्ध सबैलाई डटेर लाग्न आग्रह गरेकी छिन् । जब सम्म हामी आफु परिवर्तन हुन सक्दैनौ, तब सम्म समाज परिवर्तन हुन नसक्ने उनको भनाई छ । उनले महिलाहरुमा हुने शारिरिक परिवर्तनलाई देवी देवता संग जोड्न नहुने जिकिर गरिन् ।

यस्तै बाल संरक्षण संजाल नेपाल कर्णाली प्रदेशका संयोजक हीरासिंह थापाले समाजमा रहेको कुप्रर्था विरुद्ध समाजकै अग्रसरता हुनुपर्ने बताए । महिला माथी हुने हिंसा, छाउपडि प्रर्था, जातिय छुवाछुत लगाएत समाजका कुप्रर्था विरुद्ध अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले बालविवाहबाट हुने अल्पकालिन र दिर्घकालिन असरहरुबारे जानकारी गराएका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय राकमकर्णालीका प्रहरी इन्चार्ज डोर बहादुर बुढाथोकीले बालविवाह र छाउपडि प्रर्थाले पर्ने असरहरु बारे जानकारी गराएका थिए । कार्यक्रमको सहजिकरण महिला तथा बालबालिका कार्यालय दैलेखकी गिता बुढाले गरेकी थिइन् । उक्त कार्यक्रमलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहयोग गरेको थियो ।

प्रतिक्रिया