ट्रेड युनियन कांग्रेस दैलेखको अध्यक्षमा कटुवाल

ट्रेड युनियन कांग्रेस दैलेखको अध्यक्षमा कटुवाल

दैलेख चैत्र १६-नेपाल ट्रेड युनियन कांग्रेस दैलेखको अध्यक्षमा यामराज कटुवाल निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न नेपाल ट्रेड युनियन कांग्रेस दैलेखको छैटौ महाधिवेशनबाट अध्यक्षमा कटुवाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै खुल्ला उपाध्यक्षमा लाल बहादुर शाही निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा टिकादेवी जैसी, सेवाक्षेत्र उपाध्यक्षमा खेमराज थापा, स्वरोजगार क्षेत्र उपाध्यक्षमा कनक सेन तथा उत्पादन क्षेत्र उपाध्यक्षमा थिर बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनबाट सुर्यराम साँवद सचिवमा निर्वाचित भएका छन् भने तप्त बहादुर खत्री सहसचिवमा निर्वाचित भएका छन् । यस्तै सहसचिवमा विद्या चौधरी, कोषाध्यक्षमा मान बहादुर कार्की, सहकोषाध्यक्षमा सिता कुमारी शाही, यूवा समिति अध्यक्षमा रुपेश चन्द, महिला समिति अध्यक्षमा मीना कुमारी खड्का निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा भक्त बहादुर वि.क.,, चन्द्र बहादुर शाही, निम बहादुर थापा, रमेश प्रसाद उपाध्याय, परे खड्का र गंगा कुमारी कटुवाल निर्वाचित भएका छन् ।
अधिवेशनले प्रदेश प्रतिनीधि समेत चयन गरेको छ । प्रदेश प्रतिनीधिमा सुर्य बहादुर कटुवाल, प्रेम बहादुर कार्की, टंक कार्की, मौसम कुमार थापा, प्रदेश प्रतिनीधि महिला तर्फ अनिता केसी, मञ्जु शर्मा, भुवनलक्ष्मी थापा, भिम कुमारी भण्डारी निर्वाचित भएका छन् ।
यस्तै संघिय प्रतिनीधिहरुमा बखत बहादुर कटुवाल,हरि बहादुर राना, देवेन्द्र बहादुर थापा क्षेत्री, उपेन्द्र बहादुर विष्ट, कमला चन्द निर्वाचित भएका छन् ।

प्रतिक्रिया