कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काकाे निधन

कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काकाे निधन

काठमाडौं, १६ चैत-पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएकाे छ । भारतकाे नयाँदिल्लीस्थित एपाेलाे अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएकाे कांग्रेस नेता गुरूराज घिमिरेले जानकारी दिए । खड्काकाे केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे । तर, स्वास्थ्यमा सुधार अाउन सकेकाे थिएन । अार्इसियूमा राखेर उपचार गर्दा पनि सुधार नअार्इ थप जटिल बनेपछि केही दिनदेखि भेन्टिलेटरमा राखिएकाे थियाे । उनलार्इ मिर्गौला, छाती र नशाको समस्या थियाे । काठमाडाैंकाे नर्भिक इन्टरनेशनल अस्पतालले रिफर गरेपछि उनलार्इ एपाेलाे लगिएकाे थियाे । खड्काको स्वास्थ्य जटिल बनेको जानकारी पाएपछि गृहजिल्ला दाङमा शुभेच्छुक कार्यकर्ताहरूले मन्दिरमा पूजाआजासमेत गर्दै अाएका थिए ।

प्रतिक्रिया