मैले देखेको छाउपडि प्रर्था र लेखेको धर्म

मैले देखेको छाउपडि प्रर्था र लेखेको धर्म

आज भोली गाउँ बस्ती देश जिल्ला र सहरहरुमा महिनावारी हुने प्रक्रिया तथा पश्चिम नेपालमा रहेको छाउपडि प्रथाको धेरै चर्चा भइरहेको छ । प्रत्येक मान्छेका भिन्नभिन्न मत र भिन्नभिन्न तर्क राख्दै यसको ब्याख्या गररिहेको छ । जसमा दैलेखको सेरोफेरो लाई हेर्ने हो भन्ने पनिपुर्व र पश्चिममा पनि फरक भएको देखिन्छ ।
यसमा पनि धामिझाक्रिको घर पुजारीको घर पन्डीतको घर र अन्य मान्छे को घरमा फरक दखिने गरेको छ । यस्तै क्रममा मैले मेरो जिवनको एउटा सामाजिक अभियाता को रुपमाकाम गर्ने क्रममा म समाजको वास्तविकतालाई हेदै जाँदा समाजका वास्तविक घटना क्रमलाइ देख्ने र लेख्ने अवसर पाए, विभिन्न परियोजनामा काम गर्ने सिलसिलामा दैलेख जिल्ला को पश्चिम राकमर्कणली र पिपलकोट देखी दैलेखको धार्मीक तथा एतिहासिक महत्व बोकेको दुल्लु नगरपालीकामा पुग्दा फरक फरक तरिकाको छाउ मान्ने गरेको देखियो ।
एकदिन म सामाजिक सेवा केन्द्र अनतर्गत सञ्चालीत उत्थानशिल जिविकोपार्जन तथा दिगो खाध्य सुरक्षा परियोजनामा काम गर्ने सिलसिलामा आफ्नो कामगर्ने क्रममा पिपलकोट गाविस तथा हालको आठविष नगरपालीकाको वडा नं ५ मापुग्दा एकजना दिदि ढुङगाको ओडारमा बस्ने गरेको र सुत्ने गरेको देखे मैले सोधे तपाइ यहाँ किन बस्नु भएको ?तपाइको नाम के हो?तपाइको घर कहाँ हो ?उनले मलाइ भनिन म गैरा नेपाली हु मेरो घर यहाँ तलीहो । म नछुने छु त्यसैले म याहाँ बसेको । हामि नछुने हुदा घर नजिक जानु हुदैन त्यसैले म यहाँ बसेको र म यतै सुत्ने गर्छु । खानाखादां मलाइ छोरीहरुले यहाँ ल्याइदीन्छन । मैले पुनप्रश्न गरे घरमा सुत्दा के हुन्छ ?उनले भनिन हाम्रो देवता रिसाउछन र गाइ भैसि र्मछन ,विरामि हुन्छन , र अरु घरमा विविध समस्या आउछन । उनका यस्तै यस्तै उत्तरहरु थिय । मैले केहिलामो छलफल पछि उनलाइभने हेर्नुहोेस हामिलाइ राम्रो होस भनि देवतापुज्ने गछौ र देवताले पनि हाम्रो भलो चितायका हुन्छन , ।
त्यसैले तपाइ बाहिर ओडारमा सुत्नु भयो भने तपाइलाइ जे पनि त हुन सक्छ । तेति वेला के देवता ले बचाउछन त ! तपाइ एउटा कोठामा सुत्नु भयो भने आफ्नो र आफ्ना छोरीहरुको सुरक्षा गर्न सक्नु हुन्छ । यस्तै २०। २५ मिनेटको गन्थन मन्थन पछि उनि घरतिर लाग्दै भनिन म आजदेखी घरमै बस्ने गर्छु त्यसपछि उनले घरमा बस्न सुरु गरीन । मलाइ ठुलो उपलब्धि भए जस्तो लाग्यो तर

यस्ता हजारौ दिदिबहिनि हरु अहिले पनिबाहिर नै बसी रहेका छन । र कतिको त ज्यान नै गैसकेको छ ।

यस्तै क्रममा सोसेक नेपाल बाट जलश्रोत ब्यवस्थापन कार्यक्रम (RVWRMP Healvatesh ) अन्र्तगत दुल्लु नगरपालीकामा काम गर्न गए त्यहाँ मैले काम गर्ने परियोजना महिनावारी सरसफाइ सम्बन्धि सम्बन्धिकाम गर्ने भएकाले दुल्ल्ुानगरपालीका ३ मा पुर्णसरसफाई वडा घोषण गर्ने क्रममा अनुगमन गदै जादाँत्यो वडा मा १५ वटा छउगोठ देखे कुनै कुनै ठाउँमा मानिस हरु सुतिरहेको देखे । जसमध्य १ जनाशितला बुढा नाम गरेको बहिनि संग छाउगोठ मा नै भेट भयो । उनि दुल्लु नगरपालीका वडा नं ३ पाली निवासी थिइन ।
उनले आफ्नो पिडा सुनाउदै भनिन यो समाज परिवर्तन हुन धेरै कठीनाइ छ । म अहिले २४ बर्षकि भए मैले धेरै पटक भित्र बस्न प्रयास गरे तर यो हाम्रो समाजका कारणले बस्न सकिन । मेरो श्रीमान जिविकोपार्जनका लागी भारतको बम्बइमाजानु भएको छ । म संग २ ओटा छोरीहरु मात्र छन । उनिहरु एउटा ३ बर्षको र २ बर्षको भइन । मैले यि दुइ छोरी का साथ यो छाउँगोठमा बस्नु पर्छ । मलाई आफ्नो भन्दा बढि छोरीहरुको चिन्ता लाग्छ किनकि सर्प, र अन्य जनावरको पनित्यतिकै डरलाग्छ भने जाडोमा त झन छोरीहरु विरामिहुने कुराले झन पिडा दिएको छ । एकातिर भने अर्को तिर ७ दिन सम्मा घर जा न नमिल्ने भएकाले समाजका मान्छेहरुले खानादिए खान्छु नत्रभोकै सुत्छु ।
छोरीहरुलाइ त ओल्लो पल्लो घरले खाना दिन्छ तर मलाइ जम्मै दिन पनि सक्दैन्न त्यसैले खानादिए खान्छु नत्र जिनतिन ५।६ छाक मा जिउछु । कहिले काम गर्छु त्यही घरमाखाएको खाजालाइ खाना सम्झेर सुत्नु पर्छ । उनको कुरा पछि मैले भने यस्तो सबै थाहा रैछ तर पनिकिनबाहीर सुत्नु भएकोत?उनले मलाइभनिन देवता रिसाउछन रे म भित्र सुते पछि हाम्रो समाजले मलाइता यस्ले कुलबिग्रार्ने भइभनिआरोप लाउछ । यस्तो कुरा सुन्दै जादां झनै मलाइअभिभारा थपियो त्यसंले मैले एउटा निर्णय गरे मेरो जन्मदिनजो सहास गरेर समाज परिवर्तनमालागने महिलाहरुको लागी र छाउपडि प्रथानमान्ने लाइ पुरुषकार दिएर जन्मदिनमनाए । मेरो जन्दीन पछि धेरै कुरा हरु र छलफल भएकेहीमानिसले भने यो हाम्रो हिन्दु धर्मको संसकार हो । यसले झनधर्म माथि नै प्रश्नजाग्यो र मैले धामि र पुरेत हरु लाइ भेटने निधो गरे र त्यहाका स्थानियधामिहरुलाइ भेटे कसैले केहि हुदैन भने त कसैले हुन्छ । यस्तै क्रममामैले मेरो ससुरा बुबापनि पुरेत भएको ले उहा संग केही कुरा सोधे । के हिन्दु धर्म ले छाउपडि प्रथामान्नु पर्छ भन्छ ?उहांले भन्नु भयो हिन्दु धर्मको कुनै पनि बेद, पुराण , गितामा महिनावारी हुदां छाउगोठ बस्नु पर्छ लेखेको छैन ।
त्यहां त नारी को सम्मान गरेको छ । पुराणमा हेर्ने हो भने “अत्रे पुजन्ते नारी तत्रे रमन्ते देवता”

जहाँ नारी को पुजा हुन्छ त्यहाँ देवता हरु खुसी हुन्छन ।

त्यसैले नारी को सम्मानकदर इज्जतगर्नु पर्छ ।धर्म अनुसार नारी लाइमातृ शक्तिको रुपमा पुजा गर्ने गरिन्छ । जसलाइ प्रकृतिको रुपमा   मानिन्छ । मातृशक्तिशलिन र सभ्यभयो भने उनिबाट जन्मेको सन्तान , सलिन र सभ्यहुने भएकाले राष्ट्र र समाजलाइ उजागरण गर्ने गर्छ ।
त्यसैले धर्ममा नारी लाइपहिलो स्थानमा राखेको छ । जस्तै सिता राम राधे श्याम , राधा कुष्ण जस्ता नाम बाट प्रष्ट हुछ कि धर्म ग्रन्थहरुले पनिनारी को सम्मान गरेका छन । त्यहाँ नारीलाई हिराको खानिमानेको छ भने पुरुषलाइ हिराको टुक्र मानेको छ । त्यसैले एउटा पुरुषबिग्रिनु भनेको हिराको एक टुक्र बिग्रनु हो भने एउटा नारी बिग्रनु भनेको पुरै हिराका्े खानि नै बिग्रनु हो भन्ने कुरा लेखेको छ । कसैले हिन्दु धर्मको कारणले भनेर छाउँ गोठमा पठाउछ भने त्यसले् धर्म गरेन उल्टो पाप गररिहेको छ ।

यसरी धर्मग्रन्थ र समाजलाइ हेर्दा धेरै फरक देखिन्छ हामिधर्मका नाममा पापगरिरहेका छौ ।

किन कि कर्मले नारी लाइपुजागर्नु पर्छ सम्मान गर्नु पर्छ र नारी खुसीभए सबै कुरा पुजा गरेको जस्तो हुन्छ तर हामि र हाम्रो समाज ले यो धर्म को व्याख्यागर्न सकेको छैन । यस्ता विविध कुराको फरक का कारण अहिले पनि छाउपडि जस्तो कुसंस्कार लाइअन्त्यगर्न सकेका छैनउ । यसरी हेर्दा यो केवलहामिल्े निश्चित स्थानमा निश्चित केहि व्यक्तिहरुले गरेका केहीकार्य ले अहिले सम्मपनि यस्तो कुसंस्कार निम्त्यएको छ । जसरी हामिले धर्मलाइ जोडेर गरेको कुसंस्कार ले धर्मलाइ कतै छोएको देखिदैन । त्यसैले मानिसहरुको धर्म प्रतिको छोटो बुझाइ रेहेको देखिन्छ । त्यसैले मैले देखेको छाउपडि र लेखेको धर्ममा यस्ता भिन्नता देखिन्छन ।

अधिकारी सामाजिक सेवा केन्द्र नेपाल दैलेखमा कार्यरत छन् ।

प्रतिक्रिया