१७ बर्षिया बालिकाले परीक्षा हलमै शिशु जन्माइन तर शिशु बाँचेन

१७ बर्षिया बालिकाले परीक्षा हलमै शिशु जन्माइन तर शिशु बाँचेन

दैलेख, चैत १७ – दैलेखमा एसईईको परीक्षार्थी छात्राले नवजात शिशु छोरालाई जन्म दिएकी छिन् । पूर्ण शारीरिक विकास नभई गर्भ रहेको ८ महिनामै जन्मेको अर्थात जन्मेको नवजात शिशु बाँच्न नसकेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
परीक्षाको शुक्रवार ८ औं दिन ऐच्छिक प्रथम समूहको परीक्षा दिइरहेको बेला गुराँस गाउँपालिका–४ स्थित लक्ष्मी मावि रतिखोला परीक्षा केन्द्रमा सरस्वती मावि खड्कबाडाकी १७ वर्षीया मनकुमारी बीसीले उक्त शिशुलाई जन्म दिएकी हुन् ।
शिशु जन्मे लगतै निजी मेडिकलमा पु¥याउदा श्वासप्रश्वासमा बढी समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै शिशुको मृत्यू भएको प्रहरीले जनाएको छ । मनकुमारीको स्वास्थ्य भने खतरामुक्त रहेको बताइएको छ ।
गुराँस गाउँपालिका–३ टोटापोखरामै घर र माइती भएकी मनकुमारीको विवाह कक्षा ७ मा पढ्दै गर्दा महेन्द्र बुढासंग भएको थियो । मजदूरी गर्ने २३ वर्षीय महेन्द्र सामान्य लेखपढ गर्न सक्छन् ।
जनसंख्याको अनुपातमा अत्याधिक बालविवाह हुने जिल्लाहरुको सूचीमा तेश्रो स्थान लिएको दैलेखमा हरेक वर्ष एसईई परीक्षामा एउटा न एउटाले परीक्षाकै बेला शिशुको जन्म दिने क्रम जारी छ, यस पटक पनि अछुतो रहेन ।
दश कक्षा पढ्दै शिशु जन्मने क्रम निरन्तरता हुनुले आधारभूत तहमै पढ्दै गर्दा विवाह हुने क्रम नरोकिएको पुष्टी गरेको छ । ‘तथ्यांक पो छैन, मनकुमारी जस्तै ९–१० कक्षामै शिशु जन्माउने अरु छात्राहरु छन्’ सरस्वती मावि खड्कबाडाका शिक्षक शेरबहादुर खत्रीले भने ।

प्रतिक्रिया