म्यूजिकल चियर प्रतियोगिता

म्यूजिकल चियर प्रतियोगिता

दैलेख, – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तरगत सरस्वती मावि तर्ताङ्गमा गठित बालअधिकार चेतना समूहले आज म्यूजिकल चियर प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा गीता रावल, सुजता सोनी र गणेश रावल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । विजेता तीनै जना ९ कक्षाका विद्यार्थी हुन् । कक्षा ६ देखि ९ कक्षासम्मका छात्र–छात्रा सहभागी भएपनि पुरस्कार जित्न उनीहरु मात्र सफल भएका थिए ।


त्यस बखत विद्यालयका प्रधानाध्यापक जीवराज तिमिल्सिनाले खेलकूद प्रतियोगिता र बालअधिकार चेतना समूहले सञ्चालन गरेका अतिरिक्त क्रियाकलापले विद्यालयका सबै बालबालिकालाई रचनात्मक काममा लाग्न प्रेरित गरेको बताए ।
समूहका अध्यक्ष गीता रावलको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र विद्यालयका सहायक अध्यापक लोकेन्द्र जीसीले इन्सेकको इएलपी कार्यक्रम र बालअधिकार चेतना समूहका क्रियाकलापले विद्यालयको शैक्षिक विकासमा पु¥याएको सहयोग विषयमा बोलेका थिए ।

प्रतिक्रिया