समुदाय स्तरिय बाल क्लब गठन

समुदाय स्तरिय बाल क्लब गठन

दैलेख चैत्र १८ – गुराँस गाउँपालिकाको वडा नं. ३ सेरीको विभिन्न टोलमा बाल क्लब गठन गरिएको छ । छाउपडि प्रर्था र बालबिबाह विरुद्ध अभियान संचालनका लागि ९ वटा बाल क्लब गठन गरिएको हो । ६ वटा बाल क्वबहरुमा समाज सुधार बाल क्लब, सगरमाथा बाल क्लब, देउती बाल क्लब, हिमाली बाल क्लब, चेतनशिल बाल क्लब , जुनतारा बाल क्लब, चन्द्रसुर्य बाल क्लब, फुलबारी बाल क्लब र जनचेतना बाल क्लब रहेका छन् । हिरा विसीको अध्यक्षतामा गठन गरिएको समाज सुधार बाल क्लब ११ सदस्यीय रहेको बताइएको छ । यस्तै मन कुमारी वि.क.को अध्यक्षतमा गठन गरिएको सगरमाथा बाल क्लब ९ सदस्यीय रहेको छ ।

कैलाश शर्माको अध्यक्षतामा गठित देउती बाल क्लब ९ सदस्यीय तथा राम कुमारी वि.क.को अध्यक्षतामा गठित हिमाली बाल क्लब ९ सदस्यीय रहेको बताइएको छ । धन कुमारी वि.क.को अध्यक्षतामा गठित चेतनशिल बाल क्लब ९ सदस्यीय र अञ्जु सिजापति मगरको अध्यक्षतामा गठित जुनतारा बाल क्लब ९ सदस्यीय रहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख अन्तरगतकी छाउपडि अभियान्ता इन्द्रा खड्काले जानकारी दिनुभएको छ उनका अनुसार पुस्पक शाहीको अध्यक्षतामा ९ सदस्यीय चन्द्रसुर्य बाल क्लब गठन गरिएको हो । यस्चै याम बहादुर वि.क.को अध्यक्षतामा १३ सदस्यीय फुलबारी बाल क्लब गठन गरिएको हो भने पवित्रा वि.क.का् अध्यक्षतामा ९ सदस्यीय जनचेतना बाल क्लब गठन गरिएको हो । उनका अनुसार गठित बाल क्लबहरुले समुदायमा रहेका बाल विवाह अन्त्य तथा छाउपडि प्रर्था विरुद्ध काम गर्ने खड्काले जानकारी दिनुभयो । बाल क्लब गठन कार्यक्रममा अभियान्ता मनिषा खड्का समेत सहभागि रहेको बताइएको छ ।

यसैविच गुरास गाउँपालिकाको वडा नं. ४ मा पनि ३ वटा बाल क्लबहरु गठन भएका छन् । सरिता वि.क.को अध्यक्षतामा गठित नवविहानी बाल क्लब १३ सदस्यीय रहेको बताइएको छ । यस्तै मंगल वि.क.को अध्यक्षतामा ११ सदस्यीय रहेको हिमशिखर बाल क्लब र दिपा वंशीमगरको अध्यक्षतामा १७ सदस्यीय रहेको लाँलीगुरास बाल क्लब गठन गरिएको पारासामाजिक कार्यकर्ता अमृता वि.क.ले जानकारी दिनुभएको छ । बाल क्लब गठन कार्यक्रममा बाल मैत्री स्थानीय शासन अभियानकर्ता दिक्षा विश्वकर्मा समेत सहभागि थिइन् । बाल मैत्री स्थानीय शासन लागु गर्नका लागि गुराँस गाउँपालिकाको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित महिला हिंसा, छाउपडि, बहुविवाह, बाल विवाह सामाजिक कुप्रर्था अन्त्यका लागि अभियान कार्यक्रम अन्तरगत बाल क्लबहरु गठन गरिएको बताइएको छ ।

यस्तै गुरास गाउँपालिकाको वडा नं. २ मा पनि ५ वटा बाल क्लब गठन गरिएको छ । चन्द्रा कुमारी रावलको अध्यक्षतमा गठित प्रगतिशिल बाल क्लब २५ सदस्यीय रहेकोे जनाइएको छ । यस्तै जगती कुमारी रावलको अध्यक्षतामा गठन गरिएको सृजनशिल बाल क्लब २५ सदस्यीय रहेको छ भने महिना नेपालीको अध्यक्षतामा गठित श्रृष्टी बाल क्लब २० सदस्यीय रहेको बताइएको छ । यस्तै विमला विसीको अध्यक्षतामा गठित परिवर्तन बाल क्लब २२ सदस्यीय रहेको छ भने सिता सुनाखरि मगरको अध्यक्षतामा गठित समाज सुधार बाल क्लब २२ सदस्यीय रहेको बाल मैत्री स्थानीय शासन अभियानकर्ता भिमा कुमारी विसीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया